नेता डा. भिम रावल प्रति टीप्पणी : मनहरी चापागाई

मिडियाकर्मी आज पक्कै डा. रावलले नयाँ पार्टी गठन गर्छन भन्ने सूचना बिहानै देखि गाइअ हुईअ फिजाउदै थिए तर अन्त्यमा ताल उहीँ भो!

नेता डा. भिम रावल प्रति लक्षित टीप्पणी :

बुडोमाउबाट छुट्टिएको एउटो कुखुरोले भर्खर भर्खर अण्डा पार्न थालेको थियो, १२-१५ वटा फूल पारेपछि बुडोमाउको शरण छोड्ने निर्णय गर्यो अनि त्यो अण्डाबाट चल्ला निकाल्नुपर्यो भनेर ओथारा बस्ने निर्णय लियो। २२ दिनमा नयाँ सन्तानको उत्पत्ति हुनेछ भन्ने आशामा झोक्राएर दिनचर्या बिताएछ। २२ दिन पश्चात् अण्डाबाट सन्तान निक्लिदैन, चुच्चोले ठुङ्दा ठुङ्दा खबट्टा छिया छिया भएछ चल्ला निक्लिदैन, अन्त्यमा त फुल भाले लागेकै पो रहेनछ, यो पोथीको कथा भिम रावलको पत्रकार सम्मेलन संग मेल खाए संयोग मात्र हुनेछ। मिडियाकर्मी आज पक्कै डा. रावलले नयाँ पार्टी गठन गर्छन भन्ने सूचना बिहानै देखि गाइअ हुईअ फिजाउदै थिए तर अन्त्यमा ताल उहीँ भो!

रामकुमारीले हात समातेर माधब नेपाललाई लगेको झै कोहि भर्सटाईल हिरो या हिरोईनको इन्ट्री हुन्छ भन्ने सोच, सोच मै सिमित भयो। पार्टीबाट बहिष्कार भएका र कारबाहीमा परेकालाई रावलले पटक पटक भेट्नुको संकेत कतै नयाँ पार्टी खोल्न लागेका त होइनन् भन्ने कौतुहलता त थियो नै। हुन त बाबुरामले नयाँ पार्टी खोले के गरे? माधब कुमार नेपाल पनि ओलिले कहिले निम्तो पठाउलान र भित्रीउला भन्ने मनशायमै छन जस्तो लाग्छ।

महाधिवेशन देखीको आन्तरिक किचलो त थियो नै सोही टकराब अनुरुप आज एउटा नयाँ पार्टी घोषणा होला र सदस्यता लिनुपर्ला अनि भविष्यमा हुने राजनितिक नियुक्तिको अंशबण्डामा कसो नपरिएला भन्ने आशा आशमै सिमित हुन पुग्यो । पार्टी घोषणा गर्छन भनेको त ओलीलाई ७४ प्रश्न सहित `मातृभूमि जागरण अभियान’ को पो घोषणा गरेछन। हुन त आफ्नो बंशको नाश गर्न आफ्नै सन्तान नलागी अन्यत्रीले आट गर्न सक्दैनन् भन्ने कुरा रामायणमा प्रष्टै छ। बिभिषणले धर्मको सहायता नलिएको भए रावणलाई रामले कदापी हराउन सक्दैनथे। एता एमालेमा पनि पछिल्लो समय एमालेमा आन्तरिक किचलो बढ्दै गएको छ। सपना चर्ल्याम चुर्लुम्म!

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार