काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले मंगलबार काठमाडौं प्रज्ञा भवन कमलादीमा नऔं केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले गरेको निर्णयहरु पत्रकार सममेलन गरेर सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लव सीले प्रगतिशील संस्कृतिको पहिचानलाई जोगाउने र रक्षा गर्ने कुरा बताएका हुन । नेकपाले राजनीतिक कार्यहरू बारे प्रेस वक्तव्यमा समेत उल्लेख गर्दै कोशी प्रदेश नामाकरण गर्ने निर्णय लिएको हो ।
प्रेस वक्तव्यमा लेखिएको छ, ”समाजवादी संघीयताको विचार एवं जनताको आन्दोलनको मर्म अनुसार हाल राज्यले कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किरात – लिम्बुवान प्रदेश नामाकरण गर्ने, त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरू सङ्ग छलफल बढाउने निर्णय लिईएको छ।”
” सीले भने new economic track (नयाँ आर्थिक मार्ग ) अथवा नयाँ अर्थ तन्त्रको बाटो नेकपाले अँगाल्ने र नव उद्दारवादी र दलाल पुँजीवादी अर्थ तन्त्रले जनताको भलो गरेन, थप्दै भने अब नेकपाले अब कञ्चनपुर देखि झापा सम्म जन मार्चपास गर्ने कुरा पनि बताएका छन।”