प्रचण्डले मोहन वैद्य किरणलाइ भेटेर स्वास्थ्य लाभको कामना दीए

सो क्रममा दुवै जना भावुक पनि भएका थिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन ।

उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ । अध्यक्ष प्रचण्ड आइतबार साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परिवारसँग पनि भेट गरेका हुन ।

उपचारमा  संलग्न चिकीत्सकहरुले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका छन ।

उपचारका क्रममा महासचिव किरणले  क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी दीएका हुन । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार भएको उल्लेख गर्दै थप स्वास्थ्य लाभको कामना  दीएका छन । सो क्रममा दुवै जना भावुक पनि भएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार