काठमाडौं । त्रिभुवन बिश्वबिधालयले आज ५० औं दिक्षान्त समारोह सम्पन्न गरेको छ।
त्रि.विले उक्त कार्यक्रम दशरथ रंगशालामा गरेको छ। करिब १४००० बिधार्थीलाई आज बिश्वबिधालयले दिक्षित गरेको हो।
बढ्दो बिधार्थीको चापलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, महानगर प्रहरी बल लगायतको सुरक्षा संयन्त्रले सहयोग गरिरहेका थिए।
प्रधानमन्त्री के.पी शर्माले उक्त कार्यक्रममा बोल्दै बिधार्थीको भबिष्यको बारेमा अब रोजगारमैत्री शिक्षाको थालनी गर्नुपर्ने जस्ता बिषयलाई मुख्य मानी भाषण गरेका थिए। दिक्षान्त समारोहले गर्दा आर्मी अफिसर क्लब देखि थापाथली सम्मको बाटोमा ट्राफिक जामको निकै घुईचो थियो।
फोटो फीचर हेर्नुहोस :