भनिन्छ संगत को शक्ति शक्ति शाली अनि प्रभावकारी हुन्छ धेरै मान्छेले प्रयोग गर्ने एउटा उखान छ । ” मौरिको साथ गरे फुलमा पुगिन्छ, झिगाको साथ गरे दिशामा पुगिन्छ ।” मैले समाज विज्ञान अध्यान र अनुसंधान गर्दा म यो निष्कर्षमा पुगेको छु कि समाजमा आज दलाल पुजिवादि संसदीय ब्यावस्था छ । यधपि नयाँ लुगा जस्तै देखिने लोकतान्त्रिक गणतन्त्र नामको सैनवोर्डमा छ नेपाल जस्को विडम्बना भन्नू पर्छ यति चांडै बदल्नु पर्ने वेला आई सकेको छ की नत्र भने भुकम्प ले धरहरा ढाले झै कृतिम भुकम्प आजको AI को दुनियाँ का युवा हरुले यो मुठ्ठी भर दलाल हरु को मिलि जुलि पालै पालो देश र जनता लुट्ने र लुछ्ने बेच्ने र किन्ने संसदीय ब्यावस्थालाई ढाल्ने दिन धेरै टाढा मैले देखेको छैन यो आजको दिनमा विकास भएको विज्ञान र प्रविधिको योगदान हो ।
जस्ले हामिलाई उल्टो बग्ने खोला अस्थिर उग्रवामपन्थीहरु जस्ता आरोपहरु थोपरेको छ भने हाम्रो नजरमा यो ब्यावस्था नै फोहोर को गोधाम घर हो, यस ब्यावस्थामा जानू भनेको आजका सचेत मानव जातिले यो बल्छिको चारो सुईकार गर्नु हो अझै अगाडि बढेर भन्दा आत्मा हत्या जस्तो गम्भीर प्रकारको अपराध पूर्ण निन्दनीय कायरता को प्रर्दशनि हो । यो दश वर्षे जनयुद्धको समिक्षात्मक पाटो म मान्छु किनकि जनयुद्ध ले कमजोर मान्छे लाई अधिकार प्राप्तिको बाटो देखायो भने जनयुद्ध विरोधि हरुलाई साम दाम दण्ड भेद को बाटो देखायो देश सिधा दुई सिविर दुई स्कुल मा वाडियो जस्को असर आज हामिले महसुस गर्न सक्छौ । मुक्ति का लागि लडियो मुक्ति भएन अधिकार को लडाइँ लडियो तर हामी लड्ने मान्छे नै अधिकार विहिन भयौ । यति बेला म विप्लव लाई सलाम गर्छु जस्ले कम्तिमा मर्नै परे बरु जनयुद्धदृष्टिकोणका उपलब्धिलाई रक्षा गर्दा गर्दै मर्ने जनयुद्ध भाग दुई एकीकृत जनक्रान्ति को विकास गर्दा गर्दै मर्ने नेपाल देश र नेपाली जन्ताको सुरक्षा गर्दा गर्दै मर्ने अठोट लिनु भयो ।
तर कायरता पुर्ण दलाल पुजिवादि संसदिय व्यावस्था र साम्राज्यवादी गठबन्धन को तागत देखेर टाङ मा पुच्छर लुकाई दुश्मन लाई गर्धन थापेर तरवार हान भन्न नजाने निर्णय लिने आट गर्ने एक जिउदा जाग्दा युवालाई दिमाग भएका आजका सचेत नागरिकले विप्लवलाई सलाम गर्नु पर्छ । विप्लव विग्रियको दिन छोड्ने कुरा ठिक छ तर विप्लव दृष्टिकोण नेपाल मा परिक्षण नगर्दै जुन सबै यस्तै त हुन भन्ने दिमागि हालत निकम्मा भएका रोगि हरुले चलायको भ्रममा पर्नु र अन्धविश्वास को सुर्य तापेर जे गर्छ उपर वालाले गर्छ भन्दै आफ्नो अमुल्य समय वरवाद गर्नु पटमुर्ख बुझाई दास मानसिक्ताको उपज बाहेक अर्को हुनै सक्दैन । आज म यो निश्कर्ष मा पुगेको छु अधिकार प्राप्तिको बाटो देखाउने ले जित्नु पर्ने ठाउँ मा जनयुद्ध विरोधि ईस्कुलले खाई दियो र प्रतिक्रान्तिमा जनयुद्धका क्रान्तिकारी योद्वाहरु नै प्रतिक्रान्तिका हतियार भएर उल्टा जस्लाई अधिकार को बाटो देखायो उसैलाई दबाउनमा उत्रिए यो नै सबैभन्दा ठुलो समीक्षाको पाटोको रुपमा म लिन्छु जस्ले जानिजानि आत्मा हत्या गरे विचरा भन्नू को विकल्प के छ ?
ठ्याक्कै स्पाटाकसको लडाई जस्तै भयो नेपाली दश बर्षे महान जनयुद्धको दर्दनाक कथा भनौ या दश वर्षे जनयुद्धको गर्विलो ईतिहांस भनौ । रोममा स्पाटाकसको लडाइँ मालिक विरुद्धको विद्रोह थियो मालिकलाई लडाइमा धुलो पिठो पारेका थिए मजदुरहरु विजयि बनेका थिए जब मालिकले हार सुईकार गरि वार्ता द्वारा सान्तिमा आए का मजदुर हरु जब सान्तिमा आए मालिक हरुले स्पाटा कसका लडाकु अफिसर हरुलाई घर दियो जग्गा दियो सुरा सुन्दरी हरु दियो पैसा दियो जब मुठ्ठी भर अफिसर हरुनै विक्रि भए मालिकहरुले मजदुरहरुका मागहरु सर्तहरु र वार्ताद्वारा स्थापित मजदुर का हक अधिकारहरु एक पनि पूरा गरेन मजदुरको सत्ता दुई दिनमा पल्टाई दियो बिक्रि भएका अफिसरहरु मजदुरको आन्दोलन दवाउन मालिकको अंगरक्षक भएर आए र मजदुर आन्दोलन दवाएर मालिकहरुको सत्ता पुनःबाहलि गर्दिए ।
पछि ती विक्रि भएका अफिसरहरु पनि एक एक गरि कम दर्दनाक तरिकाले मरेन्न कसैलाई सुलिमा त कसैलाई फासिमा कसैलाई चौराहामा त कसैलाई चौतारिमा टुक्राटुक्रा भएर गिद्वको आहारा भए आफुले मालिक हरुको दासी जीवन वितायर जिउदै मरे मालिक विरुद्धको लडाइँमा कयौं मजदुर लाई मुत्तिको सपना देखाएर मराए स्पाटाकसको मजदुर मुक्त गर्ने सपना मजदुरका हक अधिकार संविधानमा सुनिश्चित गर्ने र मजदुर हरुलाई सत्ताका मालिक वनाउने सपना केवल जांडको नसामा देखेका दिवा सपनामा परिणत गर्दिय मजदुरहरुका लडाकु अफिसरहरु मजदुरहरु कमजोर वर्ग जस्ले घर जग्गा सुरा सुन्दरी र पैसा भन्दा ठुलो अधिकार हो भन्ने नै बुझेनन बुझेका मान्छेले जानिबुझि क्षेणिक फाईदाका लागि ब्याक्तिगत प्रलोभनमा आत्माहत्या सम्मगरे ती मजदुरका लागि जिउदै मरे महापतन भए ।