काठमाडौं । एमाले पार्टी ओली कै कारण कतिबेला गुमनाम हुने हो भन्ने बिषय अझै अन्योल मै छ। उता कांग्रेस निकट मानिने केही कर्याकर्ता पनि आफ्नै पार्टीको अडान शंकापूर्ण रहेको अभिव्यक्ति राख्न थालेका छन। आज मात्रै नेता भीम रावललाई एमालेले संगठित सदस्य समेत नरहने गरी हटाएको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
मीन बहादुर गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणले एमाले पार्टीको निकै चर्चा चल्यो। पार्टीको नियम बिपरित जादा उक्त तीन जनालाई कारबाही गर्न लागिएको हो। उषाकिरण तिमिल्सिना र बिन्दा पाण्डेलाई एमालेले ६ महिना सम्मका लागि निलम्बन गरेको छ। उनीहरू तीनै जनाले उपहारमा जग्गा लिन नहुने अडान राखेका थिए।
पछिल्लो समय ओलीले गरेका हर्कतले आफ्नै पार्टी भित्र समेत मतभेद बढेको देखिन्छ। २०७८ बैशाखमा मध्यावधि चुनाव गर्ने मिति घोषणा गर्ने प्रधानमन्त्रीले अब के गर्दैछन भन्ने बिषयमा प्रश्न उठ्न थालेको छ।
पार्टीबाट निष्कासित भएपछि रावलले भने : ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ, ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भए, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन् ।’