नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो मुख्य बैंकिङ प्रणाली स्तरोन्नति गर्न लागेको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले हाल प्रयोग गरिरहेको Finacle Core Banking Solution Version 7.0.25 लाई Finacle Core Banking Solution Version 10.2.25 मा स्तरोन्नति गर्ने निर्णय गरेको हो।
यस प्रक्रियाका लागि बैंकले मिति २०८१ मंसिर २५ गते शनिबारदेखि २०८१ मंसिर ३० गते आइतबारसम्म र २०८१ पौष १ गते सोमबार मध्यरात १२ बजेदेखि बिहान ४ बजेसम्म केही सेवा अवरुद्ध हुने जानकारी गराएको छ।
यस प्रक्रियाले ग्राहकहरूलाई थप सुरक्षित, सरल, र प्रभावकारी सेवा प्रदान गर्न मद्दत गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
स्तरोन्नतिका कारण सेवामा पर्न सक्ने असुविधाप्रति बैंकले ग्राहकहरूसमक्ष क्षमायाचना पनि गरेको छ। थप जानकारीका लागि हेल्पडेस्क र सम्पर्क नम्बरमार्फत सहायता सकिने बैंकले बताएको छ।