गाउँपालिका छेउकै बिद्यालयमा लेउ, भवन ठडियो पढाई छाप्रोमै

२००८ साल देखि बिद्यालयको मुख्य पदमा को-को बसे कसैले त्यसको पदोन्नतिको बिषयलाई चासोमा नराखेको देखिन्छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकाको बिद्यालयबाट अवकाश भएका प्राय: शिक्षक पेन्सन खादै भएपनि बिधालयको भबिष्यको बिषयमा कुनै पहल नभएको अनुमान गर्न सकिन्छ।

सिन्धुपाल्चोक । २००८ सालमा स्थापना भएको बिधालयबाट धेरै शिक्षकले अवकाश लिईसकेका छन्। गोल्मेश्वरीमै अध्ययन गरेका बिधार्थी पनि उच्च तह कै जागिरमा नियुक्त छन्। पेन्सनवाला शिक्षकबाट पनि पेन्सन थाप्ने मात्र काम भईरहेको बिद्यालय पर्यायबरणले दर्शाउछ। ७४ बर्ष पूरानो बिद्यालयको गरिमालाई बेवास्ता गर्ने कार्यपालिका र कानमा तेल हालेर बसेका पेन्सनवाला शिक्षकले गर्दा बिधार्थीलाई शास्त्री खेप्नु परेको छ।
कक्षा ९ बाट अध्ययन गर्न थाङ्पालधाप पुग्नुपर्ने बाध्यता छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केन्द्रबाट अर्को गाउको बिद्यालय पुग्न हिड्न सक्नेलाई ४० मिनेटको बाटो छ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भवन जस्तो छैन बिद्यालय। आज फिनल्याण्ड किन विश्वको गुणस्तरीय शिक्षा प्रदान गर्ने देश बन्यो? पक्कै राम्रो शैक्षिक नीति, शिक्षकको पहल र सरकारी संयन्त्रको ध्यानाकर्षणले गर्दा नै यो स्थान हासिल गर्न सफल भएको छ।

बिगतमा बिद्यालयलाई जग्गा किन्न स्थानियले चन्दा उठाएका थिए तर केहि समयपछि स्थानियको रकम फिर्ता गर्ने शर्त बिद्यालय प्रशासनको थियो। बिधार्थीको चाप निकै छ तर स्थानिय तहबाट नै पहल चुकेको छ।

हाल नया भवन त ठडियो तर त्यो देखावटिको लागि हो या हामिले यत्तिको काम गर्यौ भन्न हो उत्तर विचाराधीन अवस्था मै छ। हेलम्भु गाउँपालिकाको सरकारी बिद्यालयले विभिन्न निकायबाट पुरस्कार पाईरहदा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको शिक्षा क्षेत्र पछाडी नै छ। २००८ साल देखि बिद्यालयको मुख्य पदमा कोको बसे कसैले त्यसको पदोन्नतिको बिषयलाई चासोमा नराखेको देखिन्छ। उक्त बिद्यालयबाट अवकाश भएका प्राय: शिक्षक पेन्सन खादै भएपनि बिधालयको भबिष्यको बिषयमा कुनै पहल नभएको अनुमान गर्न सकिन्छ।

शिक्षाविदका अनुसार “शिक्षकलाई परिचालन नगरीकन शैक्षिक अवस्था सुध्रिदैन । शिक्षकलाई परिचालन गर्न ३ वटा काम गर्नुपर्यो । पहिलो तलब बढाउनुपर्छ । दोस्रो हौसला बढाउनुपर्छ । तेस्रो तालिम, प्रशिक्षण दिएर योग्य बनाउनुपर्छ।” तर पाँचपोखरी थाङ्पाल गाउँपालिकाका राजनीतिज्ञ होस् या जनप्रतिनिधिमा यो भनाई त्यति मेल खादैन।

स्थानियबाट उठाईएको रकमको हाल सम्म न साँउ नै फिर्ता भयो, न ब्याज बापतको रकम चन्दा लिस्टमा नै बस्यो। कुनैपनि संरचनाको अवधि सताब्धि भएपछी त्यसको संरक्षणको जिम्मा पुरातत्व विभागको माहतहमा रहन्छ। पालिका र स्थानीय तहले बिभागलाई नै जिम्मा लगाएर भवनको उद्घाटन गर्ने हो या अगाबै भन्ने बिषय अझै अलमल मै छ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका कतिपय बिद्यालयको छानो जिर्ण छ, पानी परेको अवस्थामा पढाउन कठिन हुने जानकारी विश्वदृष्टिकोणकर्मीलाई एक शिक्षिकाले बताईन।

केहि समय अगाडि बागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री माननिय बिमल ठकुरीको अतिथ्यतामा नागी थामडाँडामा पेमाछल उद्यान केन्द्रको संग्राहलय भवन शिलन्यास कार्यक्रम सम्पन्न भयो तर बिद्यालयको भवन कहिले सम्पन्न हुन्छ भन्ने बिषय एकिन छैन।

गाउँपालिकाकाको उपाध्यक्षको निवास र बिद्यालयको दूरी नजिकै छ। पहिलो कार्यकालमा पहल नभएको भएपनि दोस्रो कार्यकालमा भने बिद्यालयको संरक्षणको बिषयमा केहि पहल हुनुपर्ने हो तर बिद्यालयको पद्दोंनतीको बिषयमा पूर्ब-शिक्षक, स्थानिय तहका जनप्रतिनिधि र कार्यकारी शिक्षक चुकेका छन्।

यो पनि:
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केन्द्र भेकमै कक्षा ८ सम्म मात्र पढाई
आठ सालमा स्थापना, आठ सम्मै पढाई !
शिक्षा नीतिलाई गिज्याईरहेको गोल्मेश्वरी!

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार