अदालतको आदेश अनुसार धरौटी बुजाएका प्रसाई फेरि पक्राउ

केही समय अगाडि मार्सी चामलको भात एउटै भन्सामा दाहाल र ओली संगै बसेर खाएको तस्बिरले बजार पिट्यो। तर केही समय पछि भने त्यो सम्बन्ध फितलो बन्दै गयो।

पछिल्लो समय दुर्गा प्रसाईको चर्चा निकै हुन थालेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं ढरौटीमा रिहा भएपनी पुन: अदालत परिसरबाटै पक्राउ परे।साइबर अपराधमाको केशमा उनले धरौटी बुझाएर रिहा भएलगत्तै उनी पक्राउ परेका हुन् ।

उनलाई फेरि पक्राउ गर्नुको कारण आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो।

दुर्गा प्रसाईं छुट्ने हल्लाले उनका समर्थकको निकै घुइचो थियो अदालत परिसरमा तर उनलाई पक्राउ गरेर प्रहरीले गाडीमा हालेपछि भिड दङ्ग पर्यो। एक्छिन समर्थकले विरोधमा नारावाजी गरे । प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी छ।

सीआईबीका अनुसार विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेकाले उनलाई पक्राउ गरिएको स्रोतले बताए।

केही समय अगाडि मार्सी चामलको भात एउटै भन्सामा दाहाल र ओली संगै बसेर खाएको तस्बिरले बजार पिट्यो। तर केही समय पछि भने त्यो सम्बन्ध फितलो बन्दै गयो। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार