बिदेशिने ट्रेन्ड नै बढेपछि पछिल्लो समय रेमिटेन्सको आयातमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष ८१/८२ को चार महिनामा पाँच खर्ब २१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
कात्तिकमा मात्रै एक खर्ब १४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। तथ्यांक हेर्ने हो भने पछिल्लो २३ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स आयात भएको छ।
गत आर्थिक वर्ष ८०/८१ को चौथो महिना सम्म चार खर्ब ७७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। चार महिनाको अन्तरालमा वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेकोले आर्थिक वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ।
नेपालमा रोजगारीको क्षेत्र न्यून भएकोले नेपाली युवाबर्ग बिदेशिन बाध्य छन। गत आर्थिक वर्षमा भने दुई लाख ६ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या दुई लाख ४१ हजार बढी छन्।