काठमाडौँं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सीले दलाल पुँजीवादले नेपाललाई संसारको सबैभन्दा गरिव देश बनायो बताएका छन। नेकपाले काठमाडौँमा आयोजना गरेको बृहत आमसभामा स्वागत मन्तव्य राख्दै उनले दलाल पुँजीवादले नेपाललाई विश्वका २० गरिव देशमा दर्ज गराएको बताएका हुन ।
उनले ८० को दशक समाजवादको दशक हुने बताउँदै यो समयमा दलाल पुँजीवादको अन्त्य हुने जिकिर गरे । उनले विश्वविद्यालयहरु आफ्न्तको भर्ति केन्द्र बनेको बताउँदै यसको अन्त्यका लागि अखिल समाजवादीले संघर्ष गरिरहेको बताए ।
११औँ पार्टी पुनरगठन दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता विप्लवले गरेका छन् भने कार्यक्रमको संचालन प्रपक्ता प्रकाण्ड सीले गरेका छन ।