कविता
कमरेड विहानीको मिरमिरे संगै उठनु पर्छ ।
लाल किल्ला ढाली सक्यो रे ।
एकै साथ भएर उठाउनु पर्छ कमरेड ।
दुश्मनहरु अगाडी बढ्दैछन रे ।
क्रान्तिकारी माथि हमला गर्न राइफलमा बुलेट भर्दै छन रे ।
कमरेड ।।
हामी पनि तयारी बन्नै पर्छ ।
जनताको शत्रु संग लड्नै पर्छ ।
बरु हामी पनी चाडै लागौ ।
लागौ कमरेड लागौ ।
कमरेड ।।
कीन तपाई बोल्नु हुन्न ?
कीन तपाई हेर्नू हुन्न ?
कीन तपाई आक्रोसमा आउनु हुन्न ?
कीन तपाई अगाडी बढ्नु हुन्न ?
कमरेड ?
के तपाई संसोधनवादी भैसक्नु भो ?
के तपाईले माक्सवाद विर्सिनु भो ?
के तपाईले जन्ता सामु खाएको कसम भुल्नु भो ?
के तपाईले पैसा धेरै कमाउनु भो ?
कमरेड ??
युद्ध मैदानमा लड्दै गर्दा छातिमा गोलि लागेर ढलेका
सहयोद्धा साथिलाई भुल्नु भो ?
कमरेड ?
कमरेड तपाईले चिल्लो कार चढे पछि
तपाईको अघि पछि हीन्ने ती सहयोद्धा कमरेडलाई भुल्नु भो ?
क्रान्ति गरौ भनेर झुटो आश्वसन देखाउदै ।
आफ्नै सहयोद्धा साथिलाई बलिको बोका बनाउनु भो ।
कमरेड तपाई संसोधनवादमा हराउनु भो ।
पुस्तौ पुस्तौ पुग्ने पैसा कमाउनु भो ।
आफ्नो सन्तानलाई विदेश पठाउनु भो ।
चिल्लो कार संगै, गगनचुम्मी महल बनाउनु भो ।
कमरेड ?
यही हो हाम्रो माक्सवाद ?
यही हो हाम्रो समाजवाद ?
यही हो हाम्रो स्वाधिन्ता ?
यही हो सर्वाहारा वर्गको अधिकार ?
कमरेड ?
कमरेड बोल्नुहोस न ?
के तपाई माक्र्सवादको खोल ओडेर
संसोधनवादी भएकै हो ?
के तपाई सामन्तवादको विरोध गर्दै आफै
सामन्तवादी भएको हो ?
कमरेड कमरेड ??