जनताको मुक्ती जनताको प्रतिनिधि पार्टीले नै गर्छ प्रकाण्ड सी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले जनताको मुक्ती जनताको प्रतिनिधि पार्टीले नै गर्ने कुरा ठोकुवा गरेका छन ।

पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा वुधवार काठमाडौमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस्तो कुरा बताएका हुन ।

उहाँले भन्नु भयो ‘जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी नभएसम्म जनताको मुक्ति हुदैन,उन्नती हुदैन,लामो समय दासत्वको जीवन विताउनु पर्छ, २०६२/०६३ को जनआन्दोलन पछि माओवादी पार्टी र नेतामा विचलन आएको सहि हो, जसले गर्दा जनताको प्रतिनिधित्व गर्ने पार्टी भएन, त्यसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्यो । उहाँले आफुहरुले क्रान्तिकारी विचार दृष्टिकोणवाट पार्टी पूनर्गठन नगरेको भए नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी नै नहुने अवस्था आएको दावी गर्नु भयो ।

‘जनताको प्रतिनिधित्व गर्ने पार्टी नभए साम्राज्यवादी दलालहरुको उत्पीडन भोगिरहनु पछर्’ उहाँले भन्नु भयो,‘सायद नेपालमा नेपाल कम्युनिष्ट पार्टी नभएको भए एमसीसी र एसपीपीको जस्ता राष्ट्रघाती सम्झौताले देश नरहने अवस्था थियो, नेकपाले राष्ट्रिय स्वाधीनको पक्षमा र भ्रष्टाचार,कमिसन तथा दलालहरुका विरुद्ध निरन्तर संघर्ष गर्नु पर्यो ।

प्रवक्ता प्रकाण्डले अध्यारो सुरुङ भित्र पुगेको नेपालको कम्युनिष्ट क्रान्तिकारी आन्दोलनलाई मंसिर ८ गतेले तोडका्े जिकिर गर्नु भयो । उहाँले भन्नु भयो ‘नेपालका पार्टीहरु जनताको प्रतिनिधित्व गर्ने पार्टी बन्न सकेनन्, माओवादी बन्ने प्रयासमा थियो त्यो पनि सकेन,अहिले विचार लाईन र दृष्किोणको हिसावले नेकपाले देश र जनतालाई प्रतिनिधित्व गरेको छ, नेपाली जनतालाई ठुलो आसा पैदा गराएको छ, ।

उहाँले अबको २१ औं सताव्दी भनेको साम्राज्यवादी युगको अन्त्य र जनक्रान्तिको युगको सताव्दी हुने पनि ठोकुवा गर्नु भयो । उहाँले संघीय गणतन्त्रको नाममा नेपालमा दलाल पुँजीवादी व्यवस्था चलिरहेको भन्दै यो व्यवस्था जनताको नभएको बताउनु भयो । उहाँले दलाल पुँजीवादको अन्त्य गरेर नेपालमा समाजवादी व्यवस्था स्थापित नगरेसम्म जनताको मुक्ति नहुने विचार व्यक्त गर्नु भयो ।

नेकपाले पत्रकार सम्मेलनमा ८ गतेको कार्यक्रमलाई लक्षित गर्दै प्रेस विज्ञाप्ति मार्फत विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ । यस्ता छन कार्यक्रमहरु विज्ञाप्ति:

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार