सिन्धुपाल्चोक। शिक्षाले विशेष गरी गरिब र ग्रामीण परिवारलाई मार्गदर्शन देखाउने काम गर्छ चाहे आर्थिक पाटोले होस् या समयको हिसाबले होस्, कक्षा ८ भन्दा माथिल्लो पढाई गाउँमै हुँदा विद्यार्थीहरू नियमित रूपमा बिद्यालय जान्थे भने दूरी बढेपछि बिद्यालय नजाने सम्भावना बढी हुन्छ।
गाउँपालिकामा बैदेशिक रोजगारीमा जानेको जमात बढ्दो छ। घर-परिवार कृषि-क्रान्तिमा लाग्ने र हुर्के बढेका युवा पाँचपोखरी गाउँपालिकामा विदेश जानु कुनै नूतन कुरो होइन। चलिरहेको थियो, छ र रहनेछ। तर गाउँपालिकाको केन्द्र भएकै स्थानमा उच्च शिक्षा नहुनु भनेको गम्भीर बिषय हो।
गाउँमै पढाइको सुविधा हुँदा विशेषगरी ग्रामीण क्षेत्रका किशोरीहरूले अध्ययन गर्ने दर कम हुन्छ र यसले महिलाको शिक्षामा वृद्धि र समाजमा लैंगिक समानता प्रवर्द्धन गर्न मद्दत पनि गर्छ।
सानै उमेरमा विवाह भएर पढ्न नपाउनेको जमात पनि धेरै छ। बिगतका दिनमा नौलो मानिस आउदा घरबाट बाहिर ननिस्कने नारी-समाज आज सामाजिक कार्य तर्फ अग्रसर भएको देखिन्छ जून शिक्षा आर्जनले मात्र सम्भब हुन्छ जस्तो लाग्छ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको युवा जमात जिनतिन कक्षा १० सम्म गाउँमै पढेर काठमाडौँ आउने गरेको देखिन्छ। स्थानीय नेतृत्व र गाउँको समग्र प्रगति बढाउन चाहिने भनेको शिक्षा हो तर यसको बिषयमा गाउँपालिकाको ध्यानकार्षण खासै नभएको देखिन्छ।
कक्षा ९ देखि १२ सम्म अध्ययन गर्न बिधार्थी थाङ्पालधाप धाउनुपर्ने बाध्यता छ। तर दुख लाग्दो कुरा के छ भने कार्यपालिकामा पुरानै नेतृत्वकर्ता आएपनि कार्यपालिका क्षेत्रको बिधालयले कक्षा थप गर्न सकेको छैन।
अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारी नौलो अनुहार होइन तर वडा नं ६ का अध्यक्ष भने परिवर्तन भए। मान बाहादुर तामाङले पहिलो कार्यकाल खाए भने वर्तमान वडा-अध्यक्ष नारायण भट्टराई छन्।
आज फिनल्याण्ड सबै भन्दा गुणस्तर शिक्षा प्रदान गर्ने पहिलो देश बन्यो किनभने त्यो देशमा शिक्षा र शिक्षित मानिसलाई हेर्ने नजर फरक छ। कार्यपालिका भेकका बिधार्थी लगभग आधा-घण्टा हिडेर कक्षा ९ भन्दा माथिल्लो कक्षा अध्ययन गर्न बाध्य छन्। आलिशान बंगलाको निर्माण भएपनि हाल ढलानको काम मात्र सकिएको छ।
शिक्षक आफैको पनि दायित्व हो तर कुनै पहल भएको देखिदैन। सिन्धुपाल्चोक जिल्लाको तथ्यांक हेर्ने हो भने कलमले सहि गर्ने भन्दा औठा-छाप लगाउने व्यक्तिको जनसंख्या धेरै छ। तर पनि स्थानियतह नजिकै भएको सबैभन्दा पुरानो बिद्यालयको संरक्षणममा चासो देखिदैन। कृषिजन्य कार्यमा ब्यस्त हुने समुदायले आफ्नो सन्ततिलाई पढाईको महत्व बुझाएपनि स्थानीयतह पाठ्यक्रम प्रकाशनमा मात्रै गदगद भएको देखिन्छ।
कार्यकाल सकिनै लाग्दा शिलान्यास गर्ने तयारीमा हो या दोस्रो कार्यकालको मध्ये तिरै नयाँ भवनबाट शिक्षा संचालन गर्ने बिषय मुग्लिनको जाम जस्तै अवस्थामा देखिन्छ। आठ सालमा स्थापना भएको बिद्यालयले पदोन्नती पाउन सकेको छैन। स्थानीय शिक्षकको पनि महत्वपुर्ण भूमिका हुनुपर्नेमा आफै अनविज्ञ देखिन्छ।
आधारभूत बिद्यालयको पढाई कक्षा ८ सम्म हो तर स्थानीय शिक्षक र गाउँपालिका स्वयंकै चासोको बिषय नबन्दा बिधार्थी मार्कामा छन्।
यो पनि: