पाँचपोखरी, सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल एउटा ग्रामीण स्थानीय तहको एकाइ हो जुन २०१७ मा नेपालको पुनर्संरचना अनुसार स्थापना भयो। गाउँपालिकाको कुल क्षेत्रफल १८७.२९ वर्ग किलोमिटर छ। २०११ को नेपालको जनगणना अनुसार कुल २०९८६ व्यक्ति छन्। स्थानीय तह गाभिएर नयाँ स्थानीय तह गठन भए त्यसमा बाँसखर्क, बरुवा, भोटाङ, थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप, भोटे नाम्लाङ र लाङ्गर्चे पर्छ।
गाउँपालिकाको केन्द्रमै कक्षा ८ सम्मको पढाइ मात्र उपलब्ध हुँदा गाउँमा पढ्ने वाताबरण नदेखिएको देखिन्छ। गाउले परिवेशमा घरायसी काम सकेर मात्र बिद्यालय जान पाउने बिधार्थीको जमात धेरै छ तर पाँचपोखरी गाउँपालिकाको केन्द्र मै एक मात्र बिद्यालय छ त्यो हो श्री गोल्मेश्वरी आधारभूत बिद्यालय।
उक्त बिद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ६ मा पर्छ।
शैक्षिक पहुँचमा सुधार ल्याउनका निमित्त बिद्यालय र त्यहाको वाताबरणले ठुलो भूमिका खेलेको हुन्छ। कक्षा ८को नतिजा आएपश्चात कक्षा ९ देखि १२ सम्म पढ्न थाङपालधाप पुग्नुपर्ने हुन्छ। विद्यार्थीहरूलाई लामो दूरी यात्रा नगरी आफ्नै गाउँमा अध्ययन गर्ने सुविधा मिलाउने कार्यमा गाउन्पालिका अझै लागेको देखिदैन। सिन्धुपाल्चोक जिल्लामा शिक्षित भन्दा अशिक्षितको जमात ठुलो छ। त्यसै जमातको कार्यशैली परिबर्तन गर्न गाउँपालिकाको महत्वपूर्ण भूमिका हुन्छ।
शिक्षाले विशेष गरी गरिब र ग्रामीण परिवारलाई मार्गदर्शन देखाउने काम गर्छ चाहे आर्थिक पाटोले होस् या समयको हिसाबले होस्। कक्षा ८ भन्दा माथिल्लो कक्षा गाउँमै हुँदा विद्यार्थीहरू नियमित रूपमा बिद्यालय जान्थे भने दूरी बढेपछि बिद्यालय नजाने सम्भावना बढी हुन्छ। गाउँपालिकामा बैदेशिक रोजगारीमा जानेको जमात बढ्दो छ। घर-परिवार कृषि क्रान्तिमा लाग्ने र हुर्के बढेका युवा पाँचपोखरी गाउँपालिकामा विदेश जानु कुनै नौलो कुरो होइन। चलिरहेको थियो, छ र रहनेछ। तर गाउँपालिकाको केन्द्र भएकै स्थानमा उच्च शिक्षा नहुनु भनेको गम्भीर बिषय हो।
गाउँमै पढाइको सुविधा हुँदा विशेषगरी ग्रामीण क्षेत्रका किशोरीहरूको विद्यालय छोड्ने दर कम हुन्छ र यसले महिलाको शिक्षामा वृद्धि र समाजमा लैंगिक समानता प्रवर्द्धन गर्न मद्दत पनि गर्छ। बिगतका दिनमा नौलो मानिस आउदा घरबाट बाहिर ननिस्कने नारी-समाज आज आवाज उठाउन सक्ने भएका छन्।
शिक्षा पाएपछि स्थानीय बालबालिकाले सीप र ज्ञान हासिल गर्छन्, गाउँमै विभिन्न स्वरोजगारका अवसरहरू सिर्जना गर्न सक्छन्। यसले स्थानीय स्तरमा आर्थिक विकासमा सहयोग पुर्याउँछ। तर पाँचपोखरी थाङ्पाल गाउँपालिकाको युवा जमात जिनतिन कक्षा १० सम्म गाउँमै पढेर काठमाडौँ आउने गरेको देखिन्छ। गाउँमै पढेका विद्यार्थीहरू भविष्यमा गाउँकै विकासमा संलग्न हुने सम्भावना बढ्छ। यसले स्थानीय नेतृत्व र गाउँको समग्र प्रगति बढाउन मद्दत गर्छ तर यस बिषयमा गाउँपालिकाको ध्यानकार्षण खासै नभएको देखिन्छ।
गाउँबाट स्थानान्तरण भएपछी काठमाडौँमै बसोबास गर्ने र विदेशिने ट्रेन्ड बढेकोले विद्यार्थीहरू गाउँमै बसेर पढ्दा परिवार र समाजसँगको सम्बन्ध प्रगाढ रहन्छ, जसले गर्दा युवावर्गको नैतिक, सांस्कृतिक र सामाजिक विकासमा सहयोग पुर्याउँछ।
समग्रमा, कक्षा १२ सम्मको पढाइ गाउँमै हुँदा शिक्षाको स्तरमा सुधार, समाजको समृद्धि, र भविष्यमा स्थानीय विकासका अवसरहरू बढ्न सक्छ। तर यस बिषयमा गाउँपालिकाले कुनै पहल नगरेको देखिन्छ।
२०७२ को भूकम्पले विद्यालयको भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनाएको थियो। त्यसपश्चात भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्पन्न गरि अध्यापन गराईएको थियो। चार विद्यालय गाभिएपछि थाङ्पाल भ्याली विद्यालय नामाकरण गरी सञ्चालन ल्याईएको थियो। गाउँपालिका केन्द्र एरिया कै बिधार्थी कक्षा नौ देखि १ घण्टाको बाटो हिडेर थाङ्पाल भ्याली विद्यालय अध्ययन गर्न जान बाध्य छन्। लामो दूरीले गर्दा कतिपय काठमाडौँ सरुवा हुन्थे भने कतिले पढ्न छोडि कृषिजान्या काममा आबद्द हुने गरेको देखिन्छ।
बिधार्थीको शिक्षा क्षेत्रमा पहुँच नपुगेको देखिन्छ। हाल सम्मको विवेचन हेर्ने हो भने पाँचपोखरी थाङ्पाल गाउँपालिकामा कलमले लेख्ने भन्दा ल्याप्चे हान्ने जनसंख्या अधिक छ। यसै सन्दर्भलाई हेर्ने हो भने शिक्षा क्षेत्रमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले भिन्न परिभावना सार्वजनिक गर्नुपर्ने देखिन्छ।