पल-पूजाको फिल्म ‘रावायण’ हलमा लागेको दुई दिनपछि पुनः सेन्सर

भाद्र २४, काठमाडौं । निर्माण नहुँदै विवादमा मुछिएको फिल्म हो ‘रावायण’। हरेक कलाकार, निर्माता र निर्देशकले फिल्म नचल्ने देखेपछि अनेकौ फन्दा गर्नु कुनै ठुलो कुरा होइन, निर्माण हुनु अगाबै अनमोल केसीलाई अनुबन्ध गरेदेखिको लफडा फिल्म प्रदर्शनको चरणसम्म आइपुग्दा सकिएको छैन, कायमै छ। अभिनेत्री मात्रै भए पो पारिश्रमिक आईहाल्छ भन्ने हुन्छ तर ‘रावायण’ मा पूजा शर्मा निर्मात्री पनि हुन्। त्यसैले लफडा गर्नेमा उनि एक नम्बरमा पर्छिन, के गर्नु लगानी उठाउनु छ!

फिल्ममा काटमारको सिन बग्रल्ती भएपछि चलचित्र जाँच पास समिति सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको थियो भएपनि फिल्मको आइतबार पुनः सेन्सर गरिएको छ। आज चलचित्र सेन्सर पास समितिले पुनः सेन्सर गर्दै फिल्मलाई ‘पिजी’ सर्टिफिकेट दिएको हो ।

पूजा शर्मा निर्मात्री रहेको फिल्मको फन्दा अलि धेरै छन्, फिल्म चलाउन हो या अन्य कारण उनि आफै जानुन्। पुनः सेन्सर गरेपछि अब १६ बर्ष उमेर मुनिका बालबालिकाले पनि हेर्न पाउने भएका छन् । तर, फिल्म हेर्नका लागि भने आफ्ना घरका सदस्य अनिबार्य गरिएको छ। फिल्ममा दुई/तीन संवादमा बिप र दुई/तीन सटमा ब्लर गरिएको छ।

१६ वर्षभन्दा कम उमेरकाले हलमा फिल्म हेर्न नपाउने भएपछी हल खाली हुन सक्ने अनुमान पक्कै फिल्म टिमले गरेकै होला। त्यसपछि फिल्म निर्माण टिमले हेर्न नसकिने दृश्यमा ब्लर र सुन्न नसकिने संवादमा म्यूट गरेर पुनः सेन्सर गरिएको थियो।

सेन्सर बोर्डले पिजी सर्टिफिकेट पाएपछि अभिनेत्री एबम निर्मात्री पूजा शर्माले उत्साहित बनिन्। अब फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउने बताइन्। ‘पिजी’ सर्टिफिकेट पाएपछि पूजा शर्मा लेख्छिन, ‘अब हाम्रो चलचित्र ‘रावायण’ १६ वर्ष मुनिका बालबालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन्।’

फिल्ममा निर्मात्री पूजा शर्मा, पल शाह, प्रकाश शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी लगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन भने लेखनको काम शिवम् अधिकारीले गरेका छन्।

निर्माण टिमले तीन दिनको बक्स अफिस कलेन्सनको बारेमा समेत जानकारी गराएको छैन। श्रोतका अनुसार फिल्मले ५० लाख भन्दा माथि आम्दानी गरेको सुन्नमा आएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार