काठमाडौँ । शनिबार बलिउड प्रख्यात अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन् । ‘शाम्बाला’को प्रिमियरका लागि उनि नेपाल आएका हुन्। फिल्म नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।
बलिउड प्रसिद्द कलाकार फ्यान फलोअरनहुने कुरै भएन। शनिबार उनि आउने थाहा भएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्यानको ठुलै जमात थियो। नवाजुद्दीनओर्लिने बित्तिकै उनी नेपाली फ्यानहरुबाट घेरिए । सेलिब्रिटी मिडियाको माझमा दर्शन रिजाउनै पर्यो, केहीसँग सेल्फी खिचे भने केहीलाई अटोग्राफसमेत दिए।
मीनबहादुर भाम द्वारा निर्देशित फिल्म ‘शाम्बाला’ को नेपाल प्रिमियर भदौ २३ गते काठमाडौँमा हुँदैछ । हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्।
चलचित्र टोलीका एक पदाधिकारीले बताए अनुसार, निर्देशक मीनबहादुर भाम र नवाजुद्दीनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो । उनले ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेको हुनाले मीनबहादुर भाम निम्तो गरेका थिए।
बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म ‘शाम्बाला’ हो।