‘तनखा वृद्धि गर्नसक्ने अवस्था छैन’ : प्रधानमन्त्री

शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका

काठमाडौं : शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन्।

कर्मचारीहरूका समस्याका बारेमा आफूले अध्ययन गरेको र मर्म बुझेको तर अर्थतन्त्रको अवस्था हेर्दा कठिन भएकाले तनखा वृद्धि गर्न नसकिने बताएका हुन्।

‘कर्मचारीका समस्या आएका छन्। म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ। पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ’, ‘अहिले देशको अर्थतन्त्रले त्यसो गर्न सम्भव छैन’, उनले भने।

अहिले अर्थमन्त्रालयमा एमालेका बिष्णु पौडेल छन् भने प्रधानमन्त्री पनि एमाले अध्यक्ष के.पी शर्मा ओली छन्।

आफुलाई बाताबरण बुझी सघाए पारिश्रमिक र अन्य सुबिधा पनि बढ्ने बताए।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार