कथा बिषयबस्तु राम्रो भए राम्रो लेख्ने, नभए नराम्रो लेख्नु नै पत्रकारको धर्म हो। अब नराम्रो कथाबस्तुलाई गज्जब छ भनेर लेख्न थाल्यो भने बिज्ञापनमा बिकेछ भन्ने जमातको ओहिरो हुन्छ।
यहि प्रसङ्गमा आधारित फिल्म हो ‘वर एन्ड वधु’। ‘वर एन्ड वधु’ मा निर्देशकले बलुवा चालेझैँ कथा त् बनाए, तर कमजोरी के देखियो भने कथामा प्लास्टरको बालुवा चाहिने उनले छानिसकेपछिको गेगर मात्र राखे।
अरु भन्दा अलि फरक शैलीमा कथाबस्तु प्रस्तुत गर्ने निर्देशक हुन् मिलन चाम्स। ‘गोर्खा वारियर’ बाट मनग्य आम्दानी गरे, अहिले कोरियन भाषामा डब्बिङ्ग हुदैछ। मिलन चाम्स निर्देशित फिल्ममा अथाहा खर्च हुन्छ, फिल्म हिट बनाउन उनि सक्ने गर्छन।
अब कथा बस्तु नै तेस्तै भएपछी जति खर्च गरे पनि दर्शकको मन नौनी घिउ झैँ कहाँ पग्लिन्थ्यो र! कथाको अलि राम्रो पाटो भनेको बिदेशिएको छोरोले नेपाल फर्किन नगरेको इक्षामा लै भाबुक भइन्छ। बुबाको अन्तिम इक्षा छोराको अनुहार हेर्ने भएपनि अथाहा प्रयास गर्दा पनि उनि नेपाल फर्किन मान्दैनन।
यहि भाद्र १४ बाट प्रदर्शनमा आएको फिल्म ‘वर एन्ड वधु’ मा निर्देशक मिलन चाम्सले आँचल शर्मा र नया अभिनेता विवेक कर्माचार्यलाई जोडीका रूपमा लिए, झट्ट हेर्दा आँचल मास्टर लेभल र विवेक प्लस टु लेभलका जस्तो देखिन्छ। कथामा रोमानिया र नेपालको दृश्य एकदम राम्रो छ। भिजुयल पाटो राम्रो छ। काजी खानदानको परिबार के नबिदेशिने कुरै भएन। बनिस बिक्रम खड्का इटालीमा र केटि टिका नारायणी महालक्ष्मी थापा फ्रान्समा हुन्छन।
फिल्ममा ‘सिरसिरे हावा चल्यो’,‘तिमीसँग रिसाउने’र अर्को जिन्दगी नै बिरानो छ’बोलको गीत ठिकै छ भन्नुपर्छ। झट्ट हेर्दा निर्माताले पनि फिल्म प्रमोसनको लागि पैसाको ओहिरो गराएको देखिन्छ, नगर्नु कि कसरी, यत्रो लगानीमा बनाको छ, हात्ती छिर्यो फुछर अड्क्यो भन्ने पनि के बनाउथे र!
धनकुटे काजी मकरर्धोज खड्का घडी चिन्नमा उठेका हुन्छन र दैलेखी काजी अभिमन्यु राज खड्का मुसा चिन्नमा चुनाब उठेका हुन्छन, दुवैको अहमभाबले गर्दा फुत्त स्वतन्त्रले चुनाब जित्छ। निर्देशकले अलिकति २०७९ को चुनाबको प्रशंगलाई पनि जोड्न खोजेका छन्। खड्काकाजी (रनिन्द्र खड्का) र धनकुटे थापाकाजी (क्याप्टेन विजय लामा) को राजनीतिक द्वन्द्वलाई पारिबारिक द्वन्द र तेही द्वन्दलाई छोरा-छोरीको प्रेममा मिसाएका छन् चाम्सले। कथावस्तु खासै फरक देखिदैन। किरण केसीको अभिनयमा ‘कान्चु’ शब्द दोहोरिने भएकाले दर्शकलाई अलि इरिटेड लाग्न सक्छ।
सुरबिर पण्डित उर्फ दारी बा हिमेश पन्तको बुवाको रोलमा छन्। उनको पालो आयो भन्दा-भन्दै सकिएको पत्तै हुदैन। हिमेश पन्त फिल्ममा किन छन्? शायद यसको उत्तर उनि आफै खोज्दै होलान। पात्रको चयन जुन तरिकाले भएपनि हिमेश र सुरबिरको मार्मिक कथालाई दर्शौना खोजिएको छ। नेपालि समाजमा अहिले बिदेशिएका छोरा-छोरी फर्किने चलन छैन। भिसा थपेर हुन्छ या अन्य गैर कानुनि काम गरेर भएपनि नेपाल फर्किन नचाहने जमातको संख्या बढेको छ।
खड्काकाजी (रनिन्द्र खड्का) र धनकुटे थापाकाजी (क्याप्टेन विजय लामा) को पुनर्मिलन पश्चात खाट भाचेको र सोफा भाचेको कुराले फिल्म कुन पाटो तर्फा मोडिदैछ भन्ने कुरामा अलमल्ल परिन्छ। निर्देशकले गरिमा शर्मालाई बबाल इन्ट्री गराउने प्रयास त गरे तर एक्जिट हुदा सम्म दर्शकले गरिमाको अभिनयलाई अनुभव गर्ने मौका पाएका छैनन्।
प्रकाश सपुतको ‘सकम्बरी’ बाट चर्चामा आएकी कुसुमको अभिनय झुलुक्क मात्र छ। सकम्बरीमा उनको यहि सम्बन्धित रोल भएकोले निर्देशकले उनलाई चाणक्य गजुरेलको प्रेमिकाको रोलमा राखेका छन्। दिनेश काफ्लेको प्रयाश राम्रै देखिन्छ, उनको “पानि खानुंच” भन्ने थेगोले वाक्कै लाउछ। कमेडियन सीता न्यौपानेको अभिनय खासै राम्रो छैन, अन्यको अभिनय हेर्ने हो भने मध्यम नै देखिन्छ।
फिल्म ‘वर एन्ड वधु’ टाइम पास गर्नको लागि भने उत्तम फिल्म हो।