तीज नेपाल र भारतका केही भागमा मनाइने हिन्दू पर्व हो, तीज मनाईनुको कारण महिलाहरूको सुस्वास्थ्य, दीर्घायु, र परिवारको समृद्धिको लागि व्रत बस्ने र उपवास गर्ने हो। तीजको छुटै धार्मिक महत्व छ। तीज भगवान शिव र पार्वतीको मिलनको उपलक्ष्यमा मनाइन्छ। धार्मिक मान्यताअनुसार, देवी पार्वतीले भगवान शिवलाई पति रूपमा प्राप्त गर्नका लागि कडा तपस्या र उपवास गरेकी थिइन्। तीजको दिन महिलाहरूले देवी पार्वतीको उदाहरणलाई अनुसरण गर्दै आफ्नो पतिका लामो आयु, स्वास्थ्य र समृद्धिको कामना गर्ने गर्छन।
तीजको मौलिकता यसको कठोर उपवासमा पनि पाइन्छ। महिलाहरूले निराहार व्रत (बिना पानी र खाना) बस्छन, बर्त बस्नुको कारण विवाहित महिलाहरुले पतिको आयु बडोस र अविवाहित महिलाहरुले राम्रो पति पाउ भनेर राख्छन्। व्रतलाई आध्यात्मिक शुद्धि र दृढ संकल्पको प्रतीक मानिन्छ। तीजको पर्वले सांस्कृतिक पक्षलाई पनि उजागर गर्छ। महिलाहरू रातो, हरियो, र पहेंलो रंगका साडी, गहना, र अन्य परम्परागत पोशाकहरू लगाएर सजिन्छन्। उनीहरू भजन, गीत, नृत्य, र परम्परागत खेलकुदमा भाग लिन्छन्।
विशेष गरी, तीज गीत र नृत्य तीज पर्वको विशेष पहिचान मानिन्छ। तीज बिशेषत: महिलाहरूको पर्व मानिन्छ, जहाँ महिलाहरू आफ्ना समस्याहरू, पीडा, र भावना र कुण्ठाहरु माइत गएर पोख्ने र मनको बहलाई शान्त बनाउने काम गर्छ। तीज पर्बमा डर कार्यक्रम आयोजना गर्ने भएकाले महिला सशक्तिकरणको भावना जागृत गर्ने र सामाजिक एकताको भावना बलियो बनाउने काम गर्छ। टाढा बिबाह गरेर दिएको चेली माईत आएर चाड मनाउने र आफ्नो मनमा भएको बह बुबा-आमा माझ पोखी मन हल्का बनाउने गर्छ। सासु-ससुराको दब्दबाहबाट केहि दिनको लागि माइत गएर पर्ब मनाउने चाड भनेकै तीज हो।
महिला, दिदीबहिनीहरूलाई एक अर्कासँग नजिकिने, भेटघाट गर्ने, र अनुभव साट्ने अवसर प्रदान गर्ने चाड तीज हो।
तीज विशेष गरी मनसुनको समयमा पर्छ, हरियाली रंगले प्रकृति सुन्दर देखिने समय भएकाले तीजलाई सुन्दरताको प्रतीक मानिन्छ।
त्यसैले यो चाडले धार्मिक आस्था मात्र नभई सामाजिक र सांस्कृतिक जीवनलाई पनि थप रंगीन बनाउँछ।
तर पछिल्लो समय दरका निहुमा अन्य बिकृति फैलिरहेको देख्न सकिन्छ। महिनौ अघि देखि नै दर कार्यक्रम गर्ने सामाजिक पर्ययबरणलाई नै आच पुर्याउने काम गर्ने जस्ता कार्य देखिएका छन्।हाम्रो सामाजिक जनजीवनमा तीजले राम्ररी प्रभाव जमाएको देख्न सकिन्छ। पार्टी प्यालेस, घर, टोल र सडक तीजमय भएको देख्न पाइन्छ। दिदीबहिनीहरू महंगा पहिरन र गहनामा सजिएर दर खान हिँड्ने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हाबी भएको छ।
पछिल्लो समय बिकृति फैलाउने गीतहरुपनि सार्बजानिक भईरहेका छन्।
तीज आयो भन्दैमा धेरै खर्च गर्दिन
म त मेरो राजालाई अफ्ठेरोमा पर्दिन
हो तीज आयो भन्दैमा धेरै खर्च गर्दिन
म त मेरो राजालाई अफ्ठेरोमा पर्दिन
हामि चेलीलाई चट्टै पारेर सुहाउने सारी हो
**** **** **** **** **** ***** **** **** **** ***
यसपालिको तीजलाई हासी खुसि मनाउ है
साथि संगी नाचेर रमाइलो बनाउ है
हो यसपालिको तीजलाई हासी खुसि मनाउ है
साथि संगी नाचेर रमाइलो बनाउ है
हामि चेलीलाई चट्टै पारेर सुहाउने सारी हो
सब कुरा बुझने महादेव पुझने
१६ बर्षे उमेरमा डोली चडि अन्मिदा
कति खुसि थिए बाबु तिमि जन्मिदा।।
काखमा लिई तिमीलाई दश धारा पिलाउदा
सारा संसार बितेझई भयो मलाई ता।
बाबु तिम्रो भाग्य लेख्ने अधिकार पा भए
संसारको सर खुसि तिम्लाई सुम्पिन्थे।।…..
लगायतका कथनमा आधारित हुनुपर्ने तीज गीतको मौलिकता मासिदै गएको छ।
अहिलेको समयमा तीजका गीतहरूमा छाडापन (अश्लीलता) मिसिनु एउटा गम्भीर र चर्चाको विषय बनेको छ। पछिल्लो समय बिकृति फैलाउने किसिमका गितहरु सार्बजानिक भईरहेका छन्। परम्परागत रूपमा, तीजका गीतहरू महिलाहरूले आफ्ना भावनाहरू, सुख-दुःख, प्रेम, विछोड, र सामाजिक अवस्थाहरूलाई व्यक्त गर्ने माध्यम थिए। यी गीतहरूमा महिलाहरूका अनुभवहरूलाई कलात्मक र गरिमामय तरिकाले प्रस्तुत गरिन्थ्यो।
पछिल्लो समयमा केही तीजका गीतहरूमा छाडापन, अश्लीलताको झल्को देखिन थालेको छ, जसले तीजको मौलिकता र सांस्कृतिक पहिचानमा नकारात्मक प्रभाव पारिरहेको देखिन्छ। तीजका गीतहरूको उत्पादन र प्रस्तुतीकरणमा वाणिज्यिकता हावी भएको छ। संगीत उद्योगमा प्रतिस्पर्धा बढेकोले, केही कलाकारहरू र निर्माताहरू दर्शकहरूको ध्यान कै लागि विवादास्पद र छाडा सामग्री समावेश गर्न थालेका छन्। यसले परम्परागत गीतहरूको गरिमालाई हानि पुर्याएको देख्न सकिन्छ।कतिपय गीतहरूमा तीज पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई वास्ता नगरी केवल मनोरञ्जनको साधनका रूपमा प्रस्तुत गरिएको छ। यस्तो गीतमा पारिवारिक, सामाजिक, र नैतिक मान्यताहरूको उपेक्षा गरिएको पाइन्छ।
सोसल मिडिया र विभिन्न डिजिटल प्लेटफर्महरूको बढ्दो प्रयोगले छिटो भाइरल हुने उद्देश्यले विवादास्पद र अपमानजनक गीतहरूको निर्माणलाई प्रोत्साहन भईरहेको छ। केही गीतहरू केवल भाइरल हुने उद्देश्यले बनाइन्छ, जसमा तीज पर्वको मौलिकता र संस्कृतिलाई लाक्षणिक राखिन्छ।
समाजको बदलिँदो मान्यता र सोचले परम्परागत रूपमा महिलाहरूका पीडा र वेदनालाई समेट्ने गीतहरू अहिलेको समयमा थप ग्ल्यामरस र आकर्षक बनाउन खोज्दा छाडापन प्रवेश गरेको देखिन्छ।
नयाँ पुस्तालाई आकर्षित गर्नका लागि पनि केही कलाकारहरूले आधुनिक संगीत र छाडापनलाई तीजका गीतहरूमा मिश्रण गरेका छन्। आकर्षक बनाउन र नयाँ तरिकाले प्रस्तुत गर्न खोज्दा, कहिलेकाहीँ गीतहरूमा तीजको परम्परागत महत्त्वलाई कलाकारहरुले बिर्सिने गरेका छन्।
पछिल्लो समय परम्परागत गीतहरूको संरक्षण: तीजका मौलिक गीतहरूको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ। पुराना कलाकारहरू, संगीतकारहरू, र संस्कृतिविद्हरूसँग मिलेर यी गीतहरूको महत्वलाई पुनर्स्थापित गर्न सकिन्छ। सांस्कृतिक महत्त्वलाई जनमानसमा फैलाउने कार्यक्रम, कार्यशाला, र मिडियाको माध्यमबाट जनचेतना जगाउन आवश्यक छ र गीत र संगीतमा गरिमामय प्रस्तुतिलाई प्रोत्साहन गरिनुपर्छ। कलाकार र संगीत निर्माताहरूले तीज पर्वको सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै मात्र गीत निर्माण गर्नुपर्ने देखिन्छ।
आफ्नो लगानी नउठ्ने देखिएकाले पनि यस्ता बिषयबस्तुले दर्शकको ध्यान केन्द्रित हुने भएर नै होला पछिल्ला समयका गीतहरुमा छाडापन मिसिदैउ गएको छ।
पछिल्ला समय ‘दिउला बरिलै’, ‘तीजमा नाच्ने त् हल्लाएरै हो’ जस्ता छाडापन झल्काउने गीतहरु सार्बजानिक भईरहेका छन्। दर्शकको ध्यान केन्द्रित गर्न र भ्युज बढाउन गरिएको क्रियाकलापले समाजमा नकारात्मक प्रभाब परेको देखिन्छ। नया पुस्तामा यसको छाप नकारात्मक रुपमा पर्ने देखिन्छ। तीज गित संगसंगै अन्य छाडापन झल्काउने गीतहरु पनि सार्बजनिक भईरहेका छन् जस्तै : ‘बारुलाको गोलो’, ‘बिस्तराले पोल्यो’।