काठमाडौं । नेपाल सरकारले एनसेललाई लाइसेन्स नवीकरण शुल्क वापतको रकम चार किस्तामा बुजाउन सक्ने सुबिधा दिएको छ।
भाद्र १३ गते बसेको मन्त्रिपरिषद बैठकले एनसेललाई नबिकरण तिरेबापत दिन सकिने सुबिधा दिने निर्णय गरेको छ। अब एनसेलले चार किस्तामा नवीकरण शुल्क तिर्न सक्ने छ।
मन्त्रिपरिषद बैठकले एनसेललाई किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय गरेको श्रोतले बताएको छ।