फिल्म ‘वर एण्ड बधु’को भदौको १४ मा रिलिज हुँदैछ । मिलन च्याम्सको निर्देशनमा बनेको फिल्मको चर्चा अली भिन्नै हुन्छ। गोर्खा वारीयरले भब्य सफलता र अवार्ड प्राप्त गरेपछी उनको फिल्म कोरियन भाषामा पनि काम भईरहेको बारे किरण केसी ’रातामकै’ ले कार्यक्रममा बताए।
रातो कार्पेटमा सजाउने जाली सल र नक्कली फुलले शोभायमान बनेको थियो कार्यक्रमस्थल। कागज उडाउनै कै लागि अक्सिजनको सिलिण्डर स्टेज नजिकै राखिएको थियो तर काम गर्नेले टन्न कागज कोचेर झन्डै आचलको मेकअप बिग्रिएन, धन्न उनले त्यहा मिलाउनेलाई दीइहाले।
झट्ट हेर्दा निर्माताले पनि फिल्म प्रमोसनको लागि पैसाको ओहिरो गराएको देखिन्छ, नगर्नु कि कसरी, यत्रो लगानीमा बनाको छ, हात्ती छिर्यो फुछर अड्क्यो भन्ने पनि के बनाउनु अब!
फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत फिल्म क्षेत्रका निर्देशक, निर्माताहरुको उपस्थिती देखियो । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) दम्पती, नायिका मिरुना मगर, उषा रजक लगायतको उपस्थिती देखियो ।
प्रिमियरमा निम्तो गरेको दर्शकलाई अघाउने गरी बिज्ञापन देखाउने नहुने हो तर लगातारको लामो बिज्ञापनले दर्शक हाई-हाई गर्दै थिए।
काजी र कजिनीको परिवार बिच भएको घमण्डमा आधारित फिल्म शुक्रबारबाट देशभर चल्दै छ।
`वर एण्ड बधु’ मा गरिमा शर्मा, विजु पार्की, कमेडियन हिमेश पन्त, सृष्टि खड्का, क्याप्टेन विजय लामा, किरण केसी (रातामकै), कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित (दारीबा) लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।



