दुई वर्षको अन्तरालमा स्वरुप फेरेको काँग्रेस पुस्तकालय

काठमाडौ । काँग्रेस पुस्तकालय २०८१ साउन ६ गते बिपी स्मृति दिवसको अवसरमा पूर्व-प्रधानमन्त्री एबंम पार्टी सभापति शेर बहादुर देउबाले उद्घाटन गरे।

पुस्तकालय काँग्रेस पार्टी कार्यालय (सानेपा) भित्रै छ। खुल्ला पुस्तकालय भएकोले पार्टी सदस्यका लागि मात्रै नभएर सबैका लागि खुला रहने र शान्त वातावरणमा पुस्तक पढ्न सकिने, पुस्तकालयको कर्मचारीले बताए।

पुस्तकालय बिहान १० बजे देखि साँझ ५ बजे सम्म खुल्छ। पुस्तकालयमा पूर्वसभापतिहरु बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाका तस्बिरहरु पनि छन्। पुस्तकालयको प्रत्येक किताबलाई कोडिङ गरि राख्ने व्यवस्था गरिएको छ ।
काँग्रेस पुस्तकालयमा बाहिर बजारमा नपाईने किताब पनि छन।

नेपालको सबैभन्दा ठुलो पुस्तकालय त्रिवि केन्द्रीय पुस्तकालय हो। काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको यो पुस्तकालय त्रिभुवन विश्वविद्यालयसँगै २०१६ सालमा स्थापना भएको थियो। पुस्तकालयमा थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय किताबहरु छन्। त्रिभुबन विश्वबिधालयमा नभएको किताब पनि कांग्रेस पुस्तकालयमा छन।

बिपी स्मृति दिवस पारेर उद्घाटन गरेको सो पुस्तकालयमा हाल १० हजार किताब छन्। ‘दी फेडरिक एबर्ट फाउण्डेसन’ भन्ने संस्थाले पनि कांग्रेस पुस्तकालयलाई पुस्तकहरु प्रदान गर्नेछ । पुस्तकालय बिहान १० देखि साँझ पाँच बजेसम्म खुल्छ।
पुस्तकालयमा शैक्षिक सम्बन्धी, पार्टी सम्बन्धीका किताब, धर्म- संस्कृत, लोकतन्त्रबादी, लोकसेवा सँग सम्बन्धित र अन्तराष्ट्रिय किताबहरु छन। किताबहरुको ब्यबस्थापन अझ प्रबल तरिकाले भईरहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार