थामे बाढी प्रभावित क्षेत्रमा राहत तथा पुन:स्थापनाका लागि काठमाडौँ महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको बैठकले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।