पितृसत्तामा पिल्सिएको नारी अधिकारमा आधारित फिल्म सतीदेवी

भाद्र १०, काठमाडौँ । चलचित्र सतीदेवीले समाजको वास्तविक चरित्रलाई दर्शाउन खोजेको छ। चलचित्र सतीदेवीमा छोरी मात्र जन्मिएपछी समाजले बोल्ने र गर्ने व्यबहारदेखि लिएर बंश धान्न पुत्र चाहिने जस्ता कथा समेटिएका छन। निर्देशक लक्ष्मण सुवेदीले बनाएको चलचित्र ‘सतीदेवी’ शुक्रवारबाट प्रदर्शन भइरहेको छ। चलचित्र २ घण्टा १६ मिनेटको छ।

एकैनाशको कथा भएकोले गर्दा दर्शकलाई चलचित्र अलि निन्द्रमय बन्न पुग्छ। समाजमा छोरीमात्र हुदा बुबामा परेको असर र समाजले गरेको तुच्छ ब्यबहारलाई फिल्ममा देखाउन खोजेपनि कथा एकाग्र बस्तु मै सिमित बन्न पुग्यो। फिल्मको मुख्य भूमिकामा कुल बहादुर, उनको पत्नी, छोरी सतीदेवीअधिकारी, माहिली छोरी हर्षिका ओली छन्। फिल्मको ध्येय ‘छोरी बुझौं, छोरी पुजौं’ भन्न खोजेपनि दर्शकले सचेतना चलचित्रलाई पैसा तिरीतिरी के हेर्थे र!

हिजोको समाजको कुरा गर्ने हो भने छोरी मात्र जन्मियो भने साडी च्यातेर छोरा जन्माउन अर्को श्रीमती बिहे गर्ने जस्ता ब्यबहार गरेका पात्र अझै जीवित नै होलान। बंश धान्न छोरा नै चाहिन्ने प्रचलन अझै छ समाजमा, बाहिरी कार्यक्रममा बराबर हुन् भने पनि मनमा भएको पिडा ब्याबहारात्मक रुपमा देखिन थाल्छ, सतीदेवीका पिता कुलदिपको झैँ। मालिका महत छिन सतीदेवी अधिकारीको भूमिकामा, उनि कुलदिपको पहिलो सन्तान हुन्। सतीदेवी पछि धन बहादुरको जन्म हुन्छ। छोराको जन्म पश्चात निकै खुशी हुन्छन दुइ दम्पती। दिनचर्या एकदम सामान्य बित्दै गएको बेला अकास्मात बिरामी परेर छोरो धन बहादुरको देहावसान हुन्छ। त्यसपछि कुलदिप मदिरा खाने, जुवा खेल्ने, श्रीमती पिट्ने जस्ता अनैतिक काम गर्न थाल्छन। त्यसपछि छोराको आशमा लगातार दुइ छोरीको जन्म हुन्छ। तिन छोरी भएपछि समाजले गरेको ब्यबहारले कुलदिप मदिरामा लिप्त हुन्छन र बहुला झैँ हुन्छन। दिनरात आमालाइ बुबाले दिएको टर्चरले गर्दा आजित हुन्छिन सतीदेवी अधिकारी। सतीदेवी अर्थात मलिका महतले राम्रो अभिनय गरेकी छिन। जेठी छोरीको काधमा आएको जिम्मेवारीलाई बहन गरेकी छिन।

छोरीलाई अर्काको घरमा जाने जात हो, पढाएर पैसाको मात्र खर्च भन्ने बिषयलाई पनि कथाले समेटेको छ र सामाजिक सञ्जालले निम्त्याएको समाजको अनैतिक कार्यलाई पनि प्रस्तुत गरिएको छ। जुवामा लाग्दा घर-खेत सबै बेच्नुपरेको बिषयबस्तु समेटिएको छ । कुलदिपले चौथो सन्तान छोरा नभए मारिदिने भन्दै धम्कि दिएको हुनाले सतीदेवी बच्चा साट्न बाध्य हुन्छिन। यिनै बिषयलाई समेटेको फिल्म हो सतीदेवी। शास्त्रले ‘अपुत्रस्य गतिर्नास्ति….’ श्लोकमा सन्तान नहुने दम्पतीलाई स्वर्गमा बाटो छैन भनिएको छ तर सन्तानका रुपमा नेपाली समाजले छोरालाई चिनाउछ, यसको भ्रम अझै छ। छोरी भएपनि सन्तान नै हो भन्ने ज्ञान बोध गराउनु नेपाली समाजमा आजको आवश्यक हो।

यिनै बिषयमा आधारित फिल्म हो सतीदेवी। कथाले राम्रो संदेश दिन खोजेको छ। फिल्म भनेपछि दर्शकको मनमा हासो-रोदन, फाइट जस्ता बिषय समेटिञ्छन तर सतीदेवी आक्रन्दन किसिमको फिल्म हो। फिल्मको कथा खासै कसिलो देखिदैन सायद लेखक,निर्माता तथा निर्देशक आफै भएर होला। फिल्ममा कथा बिषयबस्तु राम्रै भएपनि ठ्याक्कै भिजुयल कथामा पूर्ण रूपमा ढाल्न चुकेका छन्। कथा सचेतना कार्यक्रमका लागि भने गज्जब हुने देखियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार