आठ बर्ष देखि स्थिर पारिश्रमिक ब्रिद्दि नभए एसईईको उत्तरपुस्तिका नजाच्ने

१० वैशाख, काठमाडौँ । पारिश्रमिक ब्रिद्दि नभए सम्म एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी शिक्षकहरूले दिएका छन । एसईईको कपि जाच गरे बापत प्राप्त हुने पारिश्रमिक नबढे सम्म उत्तरपुस्तिका नजाच्ने घोषणा शिक्षकहरुले गरेका छन ।
ग्रेडिङ्गको सुरुवाती देखि पारिश्रमिकमा कुनै बद्दोतरी नभएको र २०८० मा पनि कुनै परिबर्तन नहुने देखिएपछि शिक्षकहरुले चेतावानी दिएका हुन ।
उत्तरपुस्तिका परीक्षण गरेबापत पाइने पारिश्रमिक २०७२ सालदेखि अहिलेसम्म एउटै रहेको बताउँदै शिक्षकहरूले अब पारिश्रमिक नबढाए उत्तरपुस्तिका नजाच्ने बताएका हुन ।
ूसमयमा नै कपी परीक्षण तथा समपरीक्षण गरी नतिजा जतिसक्दो छिटो प्रकाशन हुनुपर्दछ भन्ने मान्यता हामी राख्दछौँ । पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने व्यहोरा अवगत गराउँदै पुनस् ध्यानाकर्षण गराउँछौँ,ू आइतबार परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै उनीहरूले बताएका छन ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलशबहादुर प्रधान र प्रगतिशील शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले ध्यानाकर्षण पत्रमा एकाग्र हस्ताक्षर गरेका छन्।
आठ बर्ष देखि उत्तरपुस्तिका जाचेको पारिश्रमिक स्थिर छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार