लाहुरेको पौरखमा रमेको रामबहादुरको जीवन

चैत ९, काठमाडौँ । कुनै एक विकट गाउँको गुरुङ बस्तिमा ब्रिटिश लाहुरे भर्ती हुन सिंगापुर, बेलायत जानु कुनै ठूलो कुरा थिएन । प्राय सबै भिडथे। सक्नेजति गइहाल्थे, नसक्ने नेपाली आर्मी र प्रहरीमा भएपनि माखो मार्थे । हुर्केका सन्तानलाई फौजीमा भिडाउने परम्परा त्यो गुरुङ गाउँमा नौलो भने होइन। सबैले गरिरहेकै कुरा गर्नु के नौलो भयो र ! सानैमा आमा बितेका राम बहादुरका बुबा पनि पूर्वलाहुरे थिए। आमाको देहावसानपछि बुबाले कान्छी आमा ल्याएका थिए। उनीपट्टीको पनि एउटा छोरा थियो ।

सौतेनी न हुन्, व्यबहारमा झल्किहाल्थ्यो नि। बुबा घरमा नभएपछि त्यो भाइमा गर्ने व्यवहार र उनमा गरिने व्यवहारमा अलि विषमता आउँथ्यो । स्वस्थानीमा गोमापुत्र नवराज झैँ घोचपेच गरेर बोल्न जान्दैनथे उनी  भाइ नजिकैको प्राइभेट विद्यालयमा पढ्थे ।  भने राम बहादुर अलिपरको सरकारी विद्यालयमा पढ्थे । पढाइ र उमेरले परिपक्क भएपछी बुबाले सिंगापुरे लाहुरेमा भर्ती हुन अर्ति दिए। बुबाले भनेझैं मेहनत गरे, दुख गरे तर एकै पल्टमा उनलाई सफलता हासिल गर्न गार्हो पर्यो, बीचमै फालिए । कोसिस जारी राखे दोस्रोपल्ट पनि फालिए तर तेस्रो पल्टमा त्यसअघिको अनुभव र अन्य साथीहरूले गरेझैं गर्दा उनी सफल भए । उनको र बुबाको सपना पूरा भयो । त्यस भित्रका मेहेनत, प्रयास, कोशिस त् छदैछ। २/३ बर्ष बितेपछि अब बिबाह गर्ने अठोट बनाएर रामबहादुर बिदामा घर फिरे नभन्दै घरजम पनि गरे। श्रीमती पनि रामबहादुरको जागिरको अबधि पूरा नहुँदा सम्म सिंगापुर बसिन्। उतै १ छोरा अनि १ छोरी भए । सेवानिवृत्त भएपछी आफ्नो परिवारसहित नेपाल फर्कने निर्णय गरे। दुख गरेर सिंगापुरे लाहुरेमा भर्ता भएका रामबहादुरले टन्नै पैसो ल्याएछन।

लाहुरे, त्यो पनि सिंगापुरे जोस/फुर्ति नै अर्कै। अवकाशको समयमा निर्कल्य रकम पनि टन्नै पेन्सन त् छँदै छ। अरू भन्दा पनि तुलनात्मक रूपमा सुरक्षा क्षेत्रमा काम गर्ने कर्मचारीको फुर्ति नै अर्कै हुन्छ। लाहुरबाट फर्किँदा केही काम नभए बोटबाट सुकेको पात मात्रै भनेपनि टिपेर ल्याउँछन्। तर हात खाली राख्दैनन्। रामबहादुरले पनि पैसा टन्नै लिएर फर्केका थिँदै थिए। अनि त्यसैले गाइपालन सुरू गर्ने निधो गरे। अब बिहान-बिहान दूध दुहुने उनको दैनिकी बन्यो। गाउँगाउँमा खोलिएका डेरीवालाले गर्दा दुध नबिक्ने भन्ने कुनै टेन्सन थिएन। ४-५ ओटा गाइबाट सुरु गरेको ब्यबसायले अहिले १०-११ जनालाई त् रोजगारी नै दिइरहेको छ। लाहुरे भएकाले पनि होला, उसलाई किर्ते काम गर्न आएन। त्यसैले त न दुधमा पानी मिसाउँथे, न घ्युमा अन्य पदार्थ नै। यत्तिकै ब्यबसाय चलिरहेको थियो। घरैमा पालेको व्होलस्ट्यान बाछी पनि ब्याउने भइछिन्, उ मख्ख छ। तर, सधैं सबै एक नासको जिबन कहा चल्छ र ! व्यापार भए घाटा/नाफा, दुश्मनी भए झगडा/हानाहान इन्यादी त् छदै छ।

अरु भन्दा बढी र सबैले छोडेको खाने गुनिलो थिइन् बाछी। अरूले छोडेको भएपनि उसको भाँडामा हाल्देपछि सरप्प खाने। रामबहादुरको पनि मनले असाध्यै प्रेम गरेको कोरली। सास फेराइले त जन्तु बिरामी/तगडाको ठेगान नै नहुने। सदाझैँ रामबहादुरले खोरेत र नाम्लेको औषधि चाहिँ बेलैमा गर्थे। जनावर होस् वा व्यक्ति। आफूले अगाडिदेखि नै घुलमिल गरेको र नाता लगाएकोसँग हुने ब्यबहारमा केही भिन्नता त् आउछ नै। हुन त् जनरल टेक्निसियन थिए तर सबैले डाक्टर नामले प्रख्यात थिए गोदत्तप्रसाद। राम्रो ख्याति कमाएका डाक्टर आफ्नै फर्म पनि छुटै चलाका थिए। १२ कक्षाको पढाइ सकेर आधा विधार्थी भुर्र बाहिर उडे जस्तै उनलाई पनि के जागर चल्यो कुन्नि, प्रक्रिया गरेको महिना दिन नबित्दै भिसा आएछ। जान नपाएहरूका त् थुक्क भन्दै बेलाबेलामा बिस्मात मान्छन्, उनको त् झन् भिसा नै आएको, नजाने कुरै भएन। ती डाक्टर राम्रै थिए, रामबहादुरले भनेको बेला जहाँ भएपनि आइपुग्थे। फुर्तिलो अनि सजिलो। तर, विदेश नै जाने भनेपछि रामबहादुरले रोक्ने कुरै भएन, अर्को डाक्टरको खोजिमा लागे उनी अब त् पाका डाक्टर खोजेछन् राम बहादुरले बुडा भएपनि जोश-जागर छुट्टै। बुडा भएपनि प्राक्टिकल लागि भन्दै तन्नेरी बोक्दै हिँड्थे, हिरोहोण्डामा। उनको पनि आफ्नै तालिका थियो। पेशाले डाक्टर घरमा एउटा गाई पनि पालेका धरधन्दा सकेर बिरामी गाईको दैनिकीमा पुग्थे।  सेतै फुलेका मान्छे कामले पनि परिपक्क ठानेर होला, सबैले मान्थे गोदत्तप्रसादलाई। बेला-बेलामा बाहिरी जिल्लाको काम पनि उनलाई आउँथ्यो।

डाक्टर फेरिएपछि सेडुल पनि अलिकति बिग्रिएछ रामबहादुरको यसपालीको लम्पीको रोगले तहल्कै मचाउनेवाला छ। नेपालमा पनि २०७७ साउनमा मोरङमा पहिलोपटक लम्पी रोग पुष्टि भएको खबर सुने उनले। त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा असर परेको खबरपछि पो उनी बिरक्त्तिए। धन्न बेलैमा उपचार गरेकाले देखिएको थिएन उनकोमा चाहिँ। अध्ययन गर्दै जाँदा लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको कुरा पनि छिमेकी दाइले सुनाएछन्। त्यसपछि अत्तालिएर तुरुन्त फोन लगाए गोदत्तप्रसादलाई, कुनै समस्या नआओस्। अकास्मत, भेडालाई सुई लगाउने कामले हिमाली जिल्ला पुगेछन् गोदत्तप्रसाद। रामबहादुरका प्राय: लोकल गाई नै थिए, रोगको भय भने खासै थिएन। भय थियो त् त्यही एउटी कोरली, गुनिली बाच्छीको। कहिलेकाही नहोला भनेको काम बेला बेला अकस्मात भैहाल्छ। अरु तन्दुरुस्त नै थिए। तर, बिचरा ८ महिनाको कोरली बाच्छीलाई लम्पी स्किन रोगले समातेछ। अनि त ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिन थाल्यो। केही दिन त् रामबहादुरलाई हम्मेहम्मे पर्यो। त्यतिबेला रामबहादुरले ती बाच्छीलाई खान सक्ने जति कुरा उपलब्ध गराएर खुवाए। कोरली बाच्छीले पनि सकेको खादै गइन्। रामबहादुरले आफूले जानेका र सिकेका औषधि त् गरेकै थिए। चलि अमिलो, सख्खर, खोले, ग्लुकोज आदि त् छदै छ। नभन्दै समय पुगेपछि अन्तत: ती गुनिली बाच्छीले सन्तान जन्माइन्। सन्तान प्राप्तिपश्चात् उनलाई आफ्नो रोगको भन्दा बाच्छीको माया बढयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार