काठमाडौं । गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । हाल संघको उपमहासचिव रहनु भएको अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
लामो समयदेखि संस्थामा क्रियाशील रहँदै आउनु भएको अधिकारी स्पष्ट वक्ताको रुपमा समेत चिनीनुहुन्छ । अघिल्लो दुई कार्यकालमा आफुले बोलेको अडानमा अडिढ रहनु भएको अधिकारीको अध्यक्ष उम्मेदवारीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
नेपालमा दर्जनौ ब्यवसायमा आबद्ध रहँदै आउनु भएको अधिकारीले युकेमा स्नोकोत्तर गर्नु भएको छ । नेपालको गोरखा जिल्लामा जन्मनु भएको अधिकारी ग्लोवल गोरखा समाजको पुर्व अध्यक्ष र हाल संरक्षक हुनुहुन्छ ।
अधिकारीले चाँडै नै उम्मेदवारी घोषणा सभा आयोजना गरि प्रतिबद्धता समेत सार्वजनीक गर्ने बताउनु भएको छ । एनआरएनएको आगामी कार्यकालको लागि निर्वाचनमा डा. बद्री केसी, रविना थापा, महेश श्रेष्ठ, डा. केशव पौडेल, राजेन्द्र कुमार शर्मालगायतले अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।