असार ९
काठमाडौं : नेकपा निकट युवा संगठन नेपालले राष्ट्रियता स्वाधीनताका लागी तपाईंको योगदान भन्ने मुल नाराकासाथ युवा संगठन नेपालले राष्ट्रियताको रक्षाको लागी दुई लाख भन्दा बढी हस्ताक्षर सङ्कलन गरेको छ ।
एमसीसी सम्झौता खारेज गर्न र नेपालको लुम्बिनी क्षेत्र समेटि भारतीय साम्राज्यवादले अखण्ड भारतको नाममा कथित सास्कृतिक नक्सा प्रकाशन गरेको हुँदा देशको स्वाधिनता र सर्भाभौमिकताको पक्षमा साम्राज्यवादको बिरुद्ध देशैभरबाट २ लाख भन्दा बढी हस्ताक्षर सङ्कलन गरेको हो ।
भारतले प्रकासन गरेको विवादित अखण्ड भारत नामको नक्सा खारेजी,राष्ट्रघाती एमसीसी सम्झौता खारेजी, महंगी, भ्रष्टाचार, कमिसन, लघुबित्त, मिटर ब्याजीहरुको ज्याजतीका विरुद्ध र नक्कली भुटानी शरणार्थी प्रकरण काण्ड लगाएत राष्ट्रघातको बिरुद्धमा असार २ गते देखि ८ गतेसम्म चलेको उक्त हस्ताक्षर संकलन अभियान देशै भरी बाट दुई लाख भन्दा बढी समर्थक सुभचिन्तक राष्ट्रिय स्वाधिनताका पक्षधरहरुले हस्ताक्षर गरेक छन् ।
पूर्वी लुम्बिनी ब्युरोले भारतीय साम्राज्यवादले नेपालको लुम्बिनी कपिलवस्तु लगायतका भु(भाग समावेश गरि नयाँ संसद भवनमा राखिएको नक्सा तत्काल खारेज गर१ भन्ने माग राख्दै रुपन्देहीको सिमा स्तम्भ नस् ५११९९ १७० दशगजा क्षेत्रमा भारतीय सिमा सुरक्षा बलको अवरोधका बाबजुद पनि नेपाली झण्डा गाडी फहराउँदै प्रदर्शन सहितको कोणसभा सम्पन्न गरेको छ । त्यस्तै पश्चिम लुम्बिनी ब्युरोले पनि ५८५ र२० नम्बरको पिलारमा नेपाली झण्डा गाड्दै फहराउँदै बिरोध प्रदर्शन गरेको छ । सोहि हस्ताक्षर अभियान अन्तर्गत उपत्यका ब्युरोले पनि विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरि हस्ताक्षर सङकलन कार्यक्रम समापन गरेको छ । उक्त समापन कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य तथा युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन सिले सम्बोधन गरेका थिए ।
हस्ताक्षर संकलन अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै पाटन सिले राष्ट्रिय स्वाधिनतालागि युवा आमनागरिक सुरक्षा कर्मी सेना प्रहरी बुद्धिजीवी कर्मचारी पत्रकार राजनीतिक दल सबैलाई यो लडाइँमा एकजुट हुन अपिल समेत गरेका छन् । उनले नेपाली युवा आन्दोलनलाई थप उचाइमा उठाउन, रणनीतिक र कार्यनीतिक संयुक्त मोर्चाहरु निर्माण र बिस्तार गर्नु आजको बस्तुगत आवस्यकता रहेको औल्याउँदै सम्पूर्ण क्रान्तिकारी युवा नौजवान राष्ट्रियताका पक्षधर क्रान्तिकारी कम्युनिस्टहरु एकैठाउँमा उभिएर साम्राज्यवादको मुकाबिला गर्नुपर्ने बताए । त्यस्तै संगठनका महासचिव तिलक सिले कार्यक्रम संचालन गर्दै राष्ट्रियताको पक्षमा युवा संगठन नेपालले निरन्तर संघर्ष गर्दै आएको अवगत गराउदै कार्यक्रम समापन गरेका थिए । युवा संघठन नेपालले देशैभरबाट संकलन गरेको उक्त हस्ताक्षर प्रधानमन्त्री लाई बुझाउने कार्यक्रम समेत रहेकोे छ ।