जेठ २२
महोत्तरी :नेकपा बहुमतका महोत्तरी जिल्ला सेक्रेटरी वशिष्ट झा नेकपामा प्रवेश भएका छन । वशिष्ट झाले आफ्नो भनाई राख्दै उनले भने म झुक्कीएर बहुमतमा गएको र क्रान्ति गर्ने लक्षण नभएकाले फर्कीएको जिकीर गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि विषम सीले नेकपा बहुमतका वशिष्ट झालाई खाादा र अभिनन्दन सहीत नेपाल कम्युनिष्ट पार्टीमा स्वागत गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टि को राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम (पश्चिम/पुर्वि जनकपुर ब्यूरो) कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थाई समिति सदस्य विषम सीले भने ” जब विचारमा समस्या आउछ तब उसले गलत बाटो समात्छ । कम्युनिष्ट टुक्रीनुको थुपै कारण मध्य मुख्य दुईटा कारण छन ।
एक बाहीए कारण : जो विदेशि दलाल हरु आफ्नो प्रभुत्व जमाउन विभिन्न खालका लोभ लालच र डर त्रास देखाएर केही लिडरहरुको विचमा अन्तर द्धन्द हालेर पार्टी विभाजन भएको देखिन्छ । राजनितिक हीसाबमा परिवर्तन चाहाने र कम्युनिष्ट पार्टी संगको एकतामा एकीकृत जनक्रान्तिको कार्यदीशालाई नछोडेर एकता गर्ने पार्टीले निर्णय लिएको छ “।
दुई आन्तरिक कारण: आन्तरिक कारण जब मेरो भन्ने कुरा दीमाखमा आुउछ तब छुटाउने र फुटाउने काम सुरु हुन्छ । र अहीलेको सत्ताको अभ्यास भनेको म वा मेरो भनेकै कारण यो समस्या आएको हो “। उनले थपे “नेपालका कम्युनिष्टहरुले आज सम्म अर्काको खुट्टा तान्ने प्रविधि मै बेस्त भए त्यस कारण नत विकास भयो । न जनताका समस्या समाधान नै भए “।
कार्यक्रम सञ्चालन नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम जनकपुर ब्युरो इन्चार्ज जुझारु सीले गरेका थिए । कार्यक्रमको सभा अध्यक्ष, त्रिलोक सी प्रमुख अतिथि विषम सी । अतिथिहरु, सिन्धुलि जिल्ला इन्चार्ज सशि सी । महोत्तरी जिल्ला इन्चार्ज पवन सी । सर्लाही जिल्ला इन्चार्ज कमल सी थिए । सिराहा जिल्ला इन्चार्ज बिजय सीले शुभकामना राखेका थिए (पश्चिम/पुर्वि जनकपुर ब्युरो) को ६ वटै जिल्लाका सेक्रेटरीहरुले रिपोटीङ राखेका थिए ।