विश्वको वस्तुस्थिति

१४ काठमाण्डौं
आजको विश्व भुमण्डलिकृत विश्व हो । शिक्षा, प्रविधि, यातायात, सुचना सञ्चार क्षेत्रमा भएका अभुतपुर्व क्रान्तिले विश्वलाई यति प्रभावित गरेका छन । कि यसका आर्थिक, राजनितिक, सास्कृतिक,प्राविधिक विशेषताहरु उन्नाइसौं र विसौं शताब्दीको मध्य भन्दा अतुलनिय रुपले नयाँ स्थानमा पुगेका छन ।
विश्वको अर्थ सम्बन्धमा नयाँ विशेषता हरु विकास भएका छन । जसले गर्दा समाज र वर्गका पनि नयाँ विशेषताहरु विकास भएका छन । नौला खालका वर्ग संघर्ष, राजनितिक संघर्ष हरु देखा परेका छन । अर्थात २१औंं शताब्दीका नयाँ विशेषताहरुले विगतका सबै सम्बन्धहरुलाई फीका बनाउदै नयाँ सम्बन्धहरु निर्माण गर्न पुगका छन । हामिले वर्तमान पुजिवादी विश्वलाई बदल्ने हो भने २१औ शताब्दीको विश्वलाई सहि प्रकारले बुझ्न आवश्यक छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार