कृष्ण बि. क.
२१ चैत्र
काठमाडौ :-मङ्गलबार काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित सी जातिको अवधारणा बिषयक विचार गोष्टीमा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने क्रममा महासचिव विप्लव सीले भने “ कार्ल माक्सले कम्युनिष्ट घोषणा पत्रमा अहिले सम्मको इतिहास भनेको वर्ग संघर्षको इतिहास हो भनेका छन । भने हामिले एकिकृत जनक्रान्तिमा अहीले सम्मको इतिहास भनेको जातिय संघर्षको इतिहास हो । भन्ने कुरा थप्नु पर्छ , ” विप्लव सीले भनेका छन ।
“ यहाँ बर्गसंघर्षको इतिहासको कुरा गरेर मात्रै इतिहास अपुर्ण रहन्छ , भारतवर्षमा विभिन्न जातिहरुबिच संघर्षहरु हुँदै आएका छन , त्यसैले यसलाई निकास र हल दिन जरुरी रहेको छ, ४ हजार वर्ष यता जातिय संघर्ष ले पनि ठुला ठुला आन्दोलनमा जातिय आन्दोलनले पनि आफ्नो इतिहास कायम राखेको कारण यस विषय लाई पनि थप्नु पर्छ । र यसलाई बहसमा ल्याउनु पर्छ,” विप्लव सीले भनेका हुन ।
उनले भने “यो बिषय हाम्रो मात्रै सवाल होइन,सबै सचेत ब्यक्ति ,राज्य र अन्ततः समाजको बिषय हो ,हामीले शुरुआत मात्रै गरेका हौं । जातिको बिषय मानवसिर्जित समस्या हो ,हिन्दु समाजमा चार वर्ण छत्तीस जातको कुरा सत्ताले जन्माएको कुरा थियो,जसरी समाजका सारा चिजहरु जन्मिसकेपछि मर्ने कुरा अनिवार्य छन त्यसरी नै यो जातब्यवस्था पनि समाप्त हुने कुरा निश्चित छ।” कार्यक्रमका सबै वक्ताहरुले यो विषय नयाँ र प्रगतिशिल रहेको बताएका छन ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सन्तोष सी, पुर्व राजदुत डा निर्मल बिश्वकर्मा, डा खगेन्द्र प्रसाई, लेखक तथा बिश्लेषकहरु तुलानारायण साह, कमला हेम्चुरी, सहप्राध्यापक अब्दुल खान, सह प्राध्यापक डा श्यामु थापा मगरले अवधारणा पत्रमाथि टिप्पणी गरेका थिए । बिचार गोष्टीमा बिक्रम सीले स्वागत मन्तव्य र निशान सीले कार्यक्रमको सञ्चालन गरेका थिए भने श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले अध्यक्षता गर्दैअवधारणा पत्र पेश गरेका थिए।