नेपालको आर्थिक अबस्था र इतिहास

नेपाल इतिहासमा आर्थिक दृष्टिले सम्पन्न देश थियो लिच्छिविकाललाइ स्वर्गयुग नै भन्ने गरिन्छ , मल्लकालसम्म पनि नेपाल समृद थियो यहाँको मुद्रा तिव्वत देखि पाटलिपुत्र सम्म चल्दथ्यो वस्तु हरुको आयत निर्यात नेपाल बाट हुने गर्दथ्यो शाह वंशको शासन हुदै पंचायति व्याबस्था चल्दासम्म पनि कृषि अर्थतन्त्रमा नेपाल मुलरुपले आत्म निर्भर थियो तर जब देशमा बहुदलिय संसदिय ब्यावस्था स्थापना भयोे , त्यस पछि नेपालि कांग्रेसको नेतृत्वमा नवउदारिकरण निजिकरणलाई प्रवेश गराइयो उदारिकरणको नाममा साम्राज्यवादी एकाधिकारवादी , निगम पुँजि एवम वितिय पुँजिलाई यसरी हुलिदियो कि तिनका सामु भर्खर उठन थालेका राष्टिय उद्योग व्यबसाय बजार तहस नहस हुन पुगे    सबै राष्टिय उद्योग ब्यावसायहरु अजिँगरको मुखमा झीँगा छिरे जसरि छिर्न पुगे राष्टिय सम्पति विदेशि पुजिपति निजि कम्पनिहरुका सम्पतिमा परिणत भए जसले गर्दा हजारौ मजदुर हरुले रोजिरोटि गुमाउनु पर्याे २०६४ सालपछि आर्थिक दृष्टिले नेपाल मुलत दलाल पुजिवादी अर्थसम्बन्ध भएको देशमा बदलिएको केहि विश्लेषकले नेपालको पुजिवादलाई आसेपासे पुजिवाद (crony capitalism) पनि भनेका छन

कतिले प्रारम्भिक पुजिवाद भनेका छन , धेरैले दलाल पुजिवाद भनेका छन जस्ले जे भनेपनि नेपालमा सामन्तवादको अन्त्य दलाल पुजिवादको स्थापना भएको यद्यपि , उत्पादन प्रणालि जमिनको स्वामित्वमा अझै पनि सामन्तवादका केही अवशेस हरु बाकि छन दलाल पुजिपति वर्ग आफैमा कुनै स्वतन्त्र वर्ग नभएकाले यस माथि विदेशि एकाधिरवादि ,निगम पुजिपति वर्गको नियन्त्रण जसले गर्दा राष्ट्रिय अर्थतन्त्र सबै क्षेत्रमा कमजोर बन्दै गएर नेपाल विश्वको १६ गरिब देश बन्न पुगेको जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ

  कृषि

नेपालको अर्थतन्त्र अझै पनि कृषिमा आधारित कुल जनसंख्याको ६५ प्रतिशत हिस्सा कृषि पेशासंग आवद्ध तर यो अर्थ सम्बन्धको उत्पादकत्व भने कमजोर रहेको तर यो अर्थसम्बन्ध को उत्पादकत्व भने कमजोर रहेको छ । कुलग्राह्यस्थ उत्पादनमा यसको भुमिका जम्मा २६ प्रतिशत छ । जनता कृषि कर्मबाट सन्तुष्ट र उत्साहित छैनन ।  जनयुद्ध पुर्व जमिन माथि सामन्त जमिन्दारहरुको स्वामित्व र नियन्त्रणा थियो । जनयुद्धले सामन्ति स्वामित्वलाई धेरै हद ुसम्म तोडन सफल पनि भयो , परन्तु शान्ति प्रक्रिया पछि , जमिनको स्वामित्व कसको हातमा रहने भन्ने फैसला नहुदा जटिल्ता आयो , जमिनको स्वामित्व कि राज्यको हातमा आउनु पर्दथ्यो वा सिधै श्रमिक जनताको हातमा जानु पर्दथ्यो । तर भुमि सुधार सम्बन्धि सहि निति लिन नसक्दा २०६४ साल पछि , अधिकांस जमिनको स्वामित्व दलाल र माफियाहरुको हातमा पुग्यो । यसले कृषि अर्थ उत्पादनमा पुरै समस्या पैदा गर्न पुगेको छ । सरकारि तथ्यांक अनुसार पनि जमिनको स्वामित्व ७ प्रतिशतको हातमा ३१ प्रतिशत र गरिब २० प्रतिशतको हातमा ३ प्रतिशत मात्र रहेको छ । जसले श्रम गर्छ उ संग जमिन छैन । जसले श्रम र ब्यावसाय गर्दैन उसको हातमा जमिन थुप्रिन पुगेको छ । अर्को विषय कृषि अर्थसम्बन्धको महत्तवबारे राज्य संग कुनै स्पष्ट एवम वस्तु वादि निति छैन नत राज्य भित्रको जमिनको स्थिति स्वामित्व र उपभोगबारे नै यथार्त विवरण छ । राज्यका तर्फबाट कृषक एवम कृषि उद्यमिहरुलाई विशेष  प्रोत्साहन र सुविधा हुनु पर्दथ्यो त्यो प्रभावकारि छैन । राज्यले दिने भनेको सहुलियत र अनुदान पनि सरकार संचालनमा रहेका पार्टीका नेता कार्यकर्ता लाई पोस्ने धन्दा मात्र भएको छ । जति लगानिको प्रचार गरिन्छ । त्यसको उत्पादन र परिणाम लगभग शुन्य देखिन्छ जुन कृषकले व्याबसायिक र परिणाम मुखि उत्पादन गर्न चाहेका छन । उनिहरु सरकार कृषि मन्त्रालय विभाग र विभिन्न परियोजना कार्यलय सम्म पुग्न सक्ने अवस्था छैन यदि पुगिहाले पनि अनेकौ अल्झन बाट आजित हुने अवस्था छ । जसले गर्दा ४० ५० वर्ष अगाडि सम्म आत्म निर्भर भएका कृषि उत्पादन पनि समाप्त हुदै परनिर्भर बन्ने अवस्था सृर्जना भएको छ । विज्ञ्रहरुका अनुसार नेपालको आफ्नै उत्पादनले जम्मा ३ महिना पनि धान्न नसक्ने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार