भेरीमा दुई दिनमा ३ कोरोना संक्रमितको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यही कात्तिक २५ गते पिसीआर गर्दा संक्रमण पुष्टि भएपछि उनीलाई अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । यसैगरी कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिलाको शनिबार नै कोरोनाबाट निधन भएको थियो ।यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ४३१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार