काठमाडौँ। निर्बाचन अवधीमा तराई क्षेत्रमा हुन सक्ने सावधानीलाई मध्यनजर गर्दै केन्द्रिय सुरक्षा समितिले उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ । तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षकलाई खटाएको हो।
फाल्गुन ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका बारेमा जानकारी गराउँदै चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
‘निर्वाचनमा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन तयार पार्न र त्यो अनुसार उपयुक्त कारबाहीका प्रक्रिया गरेर प्रतिवेदन पेश गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ,’ उनले भने ।