रास्वपाले चुनाव हार्ने भएपछि भाँड्न थालेको एमालेको निष्कर्ष

काठमाडौँ। झापा-५ कै निष्कर्ष हेर्दा एमाले र रास्वपाको घम्साघम्सी पर्ने देखिएको छ। स्थानिय तहको नेतृत्व लिएको नेतृत्वकर्ता र देशको प्रधानमन्त्री बनेका व्यक्ति बीच ठुलो भिडन्त हुदैछ। नेकपा एमालेले २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचन भाँड्नका लागि रास्वपा लागिरहेको आरोप लगाएको छ ।

आफ्नो पक्षमा चुनाव नआउने भएपछि रास्वपाले यस्तो कार्य गरिरहेको एमालेको टिप्पणी प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले दिए ।

‘चुनावी परिणाम आफ्नो पक्षमा नआउने भएपछि रास्वपा, जसलाई हामी नयाँ भनेर भाष्य स्थापित गर्न खोज्दैछौं,’ एमालेले भनेको छ, ‘विभिन्न खालका मत सर्वेक्षणमार्फत नेकपा एमालेका प्रमुख नेताहरू मैदानमा भएको ठाउँमा गएर विभिन्न सर्वेक्षणप्रति पनि ध्यानाकर्षण भएको छ ।’

‘चुनाव भाँड्नका देशका विभिन्न जिल्लाहरूमा दलहरू झण्डा, चुनाव चिन्ह जलाउने अभियान, अशान्ति फैलाउने कार्यले रास्वपाले चुनाव भाँड्न खोजेको पुष्टि भएको छ । अहिले पनि रास्वपाका कार्यकर्ताहरू यस्तो गरिरहेका छन् । यसप्रति आपत्ति छ,’ मीनबहादुरले भनेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार