काठमाडौं । नेकपा एमालेको झन्डा जलाउएको आरोपमा एक जना पक्राउ परेका छन् । घटनामा संलग्न रहेको भन्दै तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार पक्राउ गरिएको हो।
बिहीबार साँझ रास्वपाका सभापति रवि लामिछानेको कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले झन्डा जलाएका थिए।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।