सिन्धुपाल्चोक। दुर्गम बाटो, शिक्षाको पहुँज नपुगेको ठाउँ, स्वास्थ्य/अस्पतालको समस्याबाट बन्चित भएको कारणले स्थानिय तह बर्गिकरण गरिएको छ। झट्ट हेर्दा गाउँपालिका कस्तोलाई भनिन्छ? जहाँ बाटो छैन, काठमाडौँबाट टाढा पर्छ, जहाँ स्वास्थ्य र शिक्षा जस्ता अति आवश्यक बस्तु पुर्याउन हम्मे-हम्मे पर्छ । मुलतः त्यस्तो भेगलाई गाउँपालिका भनिन्छ। अनि त्यँहा विभिन्न नाममा उपभोक्ता समिति गठन हुन्छ र सामान्य विकासको लागि एक लाखबाट माथि बजेट छुट्याइञ्छ। स्थानीयको गुनासो टार्न हो या विकास नै हुनी हो सम्बन्धितलाई नै थाहा होला।
संघीय बजेट बिना गाउँपालिकाको बजेटबाट ठुला बिकास गर्न कि स्थानिय कर संकलनमा जोड कि प्रदेश या स्थानीय बजेट बाहेक सम्भब छैन। केहि समय अगाडीको अनुसन्धानमा काठमाडौँबाट म्याद गुज्रिएको सामान पुन: प्याकिंग गरि नजिकैको पालिकामा बिक्रि गर्ने गरेको पाईएको छ। निराक्षरको संख्या बढि हुने र समानको म्याद खासै नहेर्ने कारणले ब्यापारीको ध्यान काठमाडौँ नजिकैको स्थानमा गएको देखिन्छ।
स्थानीय बिकासमा जोड दिन स्थानीय बासिन्दा र जनप्रतिनिधिको उत्तिकै भूमिका हुन्छ।
हेलम्बु गाउँपालिका भन्ने बित्तिकै मेलम्ची सुरुङ्ग र हालको चर्चित पर्यटकिय स्थल आमा यांग्री सम्जिनु कुनै नौलो कुरो होइन। भूकम्पले सिन्धुपाल्चोक जिल्लामा अलि बढी क्षती त भयो तर मेलम्ची नगरपालिका लगायत हेलम्बु गाउँपालिकामा मेलम्ची खोलाले अकल्पनीय बिनाश गरायो।
पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने पूर्ब-मन्त्री शेर बहादुर तामाङ गृह जिल्लाका स्थानीयको हितका लागि तत्पर हुने नेतृत्वकर्ता भनेर प्रबचन दिन्छन तर काम भने गर्दैनन्। हालै प्रदेश मन्त्री कृष्ण कुमार तामाङ्गले बजेट हालेको भनेर झ्याली पिटे पनि प्रतिद्वन्दी पनि आफ्नै पहलमा भएको भनेर बक्तब्य दिदै हिडेको देखिन्छ।
बैशाख २९ गते म्याग्दी क्षेत्र १ बाट निर्बाचित भएका खम बहादुर गर्बुजा, एसपी, सिडिओ सहित बस्नेत मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका पुगेका थिए। बाढीले बगाएको चनौटे पुल देखि नाकोटेको पुल, गुम्बा निर्माण लगायतका कार्यमा उनको पहलमा कार्य भएको दाबी गरे पनि उनलाई भाग्यले साथ् दिएन।
केहि समय अगाडी मात्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी सिन्धुपाल्चोकको मेलम्ची खोलामा फस्यो। २०८२ जेठ १७ गते दिउँसो हेलम्बु गाउँपालिकाको चनौटेस्थित रातो पुलमा खोला तर्ने क्रममा मन्त्रीको गाडी फसेको कहानी सेलाएको छैन।
पाँचपोखरी र हेलम्बु गाउँपालिका काठमाडौँबाट नजिकैको गन्तब्य भएपनि बिकासको काममा टाढा छ। सडक बिकासकै सन्दर्भमा पनि दुर्गम छ। आवत-जावत गर्ने स्थानिय देखि पर्यटक सम्म गुनासो गर्ने गरेका छन्। साना-साना ढुंगा र अब्यबस्थित सडकले गर्दा ५५-६० किलोमिटर दूरीको बाटो पनि लामो लग्नु स्वाभाविक हो। त्यतिमात्र होइन मेलम्ची खानेपानीको गौरब योजना बोकेको हेलम्बु गाउँपालिकामा सोचे अनुसारको बिकास त पुग्दैन नै तर जून पुग्छ त्यसमा मैले ल्याएको भन्न प्रतिनिधि कुनै कसूर बाँकी राख्दैनन्।
तालामारंग-क्युल सडकखण्ड मेलम्ची खानेपानीले प्रत्येक स्थानिय संग जग्गा किनेर पुर्याएको बाटो हो। स्थानिय र प्रतिनिधिको पहल हुनी हो भने पिचको पहल चाडै हुन सक्छ। तर धेरै बिरालो भयो भने मूसा मार्दैन भन्ने बुढा-पूरानाको कथ्यलाई साबित गराउन खोजेको त् होइन ? झिनो रकमको बिकासबाट गाउँपालिकाको स्थर सुध्रिनु र बिकासको आयोजनामा परिपक्क हुनु भने हत्तेरिका साईली रिमै गीतमा राम्मिनु सरह हो।