अष्टमीको मध्यरातमा देबकीको गर्भबाट आठौ सन्तानको जन्म भयो। कंशको डरले अनेकौ उपाय अपनाएर बचाएको आठौ गर्भले साच्चै नै संसारलाई नै चकित बनायो। श्रीमद भागवतको दशौ स्कन्दमा वृतान्त वर्णन गरिएको छ।
भगवद्गीता मूलतः स्वयम् व्यापक रूपमा प्रकाशित हुँदै र पढिँदै आएको विषय हो तैपनि यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महाभारतको एउटा घटनाका रूपमा देखा पर्दछ।
महाभारतले वर्तमान कलियुगसम्मका घटनाहरू पनि ब्याख्या गर्दछ। यस कलियुगको प्रारम्भमा अर्थात् आजभन्दा झन्डै ५००० वर्षअघि भगवान् श्रीकृष्णले आफ्ना मित्र तथा भक्त अर्जुनलाई यो भगवद्गीता भन्नुभएको थियो। उहाँहरूको यो वार्तालाप मानव इतिहासको एउटा महानतम् दार्शनिक तथा धार्मिक वार्ता हो।
यो वार्ता ध्वृतराष्ट्रका सय भाइ छोरा र उनका भतिजाहरू वा पाण्डुका छोराहरू बीच भएको महान् कुटुम्बघाती लडाइँ सुरु हुनुभन्दा ठीक अगाडि भएको थियो । धृतराष्ट्र र पाण्डु कुरुवंशमा जन्मिएका दुई दाजुभाइ हुन्। यो वंश पृथ्वीका प्राचीन शासक राजा भरतबाट आएको थियो। उनैबाट यसको नाम महाभारत रहन गयो । जेठा दाजु धृतराष्ट्र जन्मले नै अन्धा भएकाले उक्त राजसिँहासन उनले नपाएर उनका भाइ पाण्डुले पाएका थिए्।
उमेर नपुगीकनै पाण्डुको मृत्यु भएकाले पाण्डुका पाँच भाइ छोराहरू क्रमश: युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवको रेखदेख गर्ने काम धृतराष्ट्रका अधीनमा पर्न आयो । त्यस समय धृतराष्टरलाई नै केही समयका लागि राजा बनाइएको थियो । यसरी धृतराष्ट्र र र पाण्डुका छोराहरू एउटै राजमहलमा हुर्किए। दुवै पक्षलाई पारङ्गत गुरु द्रोणचार्यद्वारा युद्ध कलासम्बन्धी प्रशिक्षण दिइयो र पृूजनीय पितामह भीष्मबाट उनीहरूले सर-सल्लाह पाइरहन्थे।
यति हुँदाहुँदै पनि धृतराष्ट्रका छोराहरू, विशेष गरी जेठो छोरो दुर्योधन पाण्डवहरूप्रति ईर्ष्या र घ्रुणा गर्दथ्यो र अन्धा तथा दुर्बल मनस्थिति भएका ध्रृतराष्ट्र पाण्डुपुत्रहरूको सट्टा आफ्नै छोराहरूलाई राज्यका उत्तराधिकारी बनाउन चाहन्थे । यसरी धृतराष्ट्रको सम्मतिमा दुर्योधनले पाण्डुका युवा छोराहरूलाई मार्ने षड्यन्त्र बनाउन थाल्यो। पाँच भाई पाण्डवहरू आफ्ना काका विदुर र मामाका छोरा भगवान् श्रीकृष्णको सचेत संरक्षणमा रहेकाले जीवित रहन सके ।
उता भगवान् श्रीकृष्ण कुनै सामान्य मानिस नभएर स्वयम् परमेश्वरका रूपमा उपस्थित हुनुहुन्छ, जसले यस पृथ्वीमा अवतार लिएर समानान्तर रूपमा ‘एउटा राजकुमारको भूमिका निर्वाह गरिरहनुभएको थियो। यस भूमिकामा उहाँपाण्डुकी पत्नी तथा पाण्डवहरूकी आमा कुन्ती वा पृथाका भतिजा पनि हुनुहुन्थ्यो।
अतः भगवान् कृष्णले एकातिर आफ्ना सम्बन्धीजन भएकाले र अर्कातिर धर्मका नित्य पालनकर्ता भएकाले पनि पाण्डुका धार्मिक छोराहरूको पक्ष लिनुभयो र उनीहरूलाई सुरक्षा प्रदान गर्नुभयो । आखिरमा चलाख दुर्योधनले पाण्डवहरूलाई जूवा खेल्ने चुनौती दियो। जूवाको निर्णायक बाजीमा दुर्योधन र उसका भाइहरूले पाण्डवकी पतिव्रता पत्नी द्रौपदीलाई आफ्ना अधिकारमा पारे अनि उनलाई राजाहरू तथा राजकुमारहरूको सभाका बीचमा अपमान् जनक तरिकाले नाङ्गै बनाउने प्रयास गरे। भगवान् श्रीकृष्णको दैवी हस्तक्षेपले गर्दा उनी त्यो विपत्तिबाट बचिन् तर जूवा हारेका हुनाले पाण्डवहरू बलपूर्वक आफ्ना राज्यबाट च्युत भए र उनीहरू १३ वर्षका लागि वनवास जानुपपत्यो ।
वनवासबाट फर्केपछि पाण्डवहरूले न्यायबमोजिम दुर्योधनबाट आफ्नो राज्य फिर्ता मागे तर उसले त्यो दिन अस्वीकार गव्यो । पाँच पाण्डवहरूले अन्त्यमा पूरै राज्य नमागेर केवल पाँचवटा गाउँहरू मागे तर दुर्योधन एउटा सियोको डुप्पो राख्न पुग्ने जति जमिन पनि उनीहरूलाई दिन तयार भएन! ग्लिस्तरूप तबसम्म अत्यन्त सहनशील भएर बसेका पाण्डवहरूलाई युद्ध नगरी नहुने भयो।
संसारभरिका राजा र राजकुमारहरू कोही ध्ृतराष्ट्रका छोराहरूको पक्षमा थिए र कोही पाण्डवहरूका पक्षमा थिए। त्यसै समयमा भगवान् श्रीकृष्ण पाण्डवहरूका सन्देशबाहक बनेर शान्तिको याचना गर्न धृतराष्ट्रका दरबारमा जानुभयो। त्यहाँ उहाँले राख्नुभएको शान्ति प्रस्ताव अस्वीकृत भएपछि युद्ध निश्चित भयो ।
उच्च नैतिक आदर्शमा स्थित रहेका पाण्डवहरूले श्रीकृष्णलाई भगवान्का रूपमा चिने तर धृतराष्टरका दुष्ट छोराहरूले उहाँलाई त्यस रूपमा चिन्न सकेनन्। तैपनि विपक्षीहरूकै चाहनाअनुरूप भगवान् श्रीकृष्णले युद्धमा प्रवेश गर्ने प्रस्ताव राख्नुभयो। ईश्वरकै रूपमा त उहाँले कसैसँग युद्ध गर्न उपयुक्त हुदैन्थ्यौ तर कसैले उहाँको सैन्य शक्तिको उपयोग गर्न चाहेमा गर्नसक्दथ्यो र उहाँलाई पनि आफ्नो सहयोगी तथा सल्लाहकारका रूपमा राख्न सकिन्थ्यो । तदनुसार राजनीतिमा चलाख मानिने दुर्याधनले भगवान् श्रीकृष्णको सैन्यशक्ति लियो र पाण्डवहरूले स्वयम् कृष्णलाई नै आफ्ना सल्लाहकार तथा सहयोगीका रूपमा लिए।
यस प्रकार भगवान् श्रीकृष्ण अर्जुनका सारथी बन्नुभयो र उहाँले तीविख्यात धनुरधारीको रथ हाँक्ने काम गर्न स्वीकार गर्नुभयो। यसरी हामी भगवद्गीताको शुभारम्भ हुने प्रारम्भिक बिन्दुसम्म पुग्दछौँ जहाँ दुवै पक्षका सेनाहरू युद्धका लागि तयार भएर उभिएका छन्। यसैबीच ध्ृतराष्ट्रले आफ्ना निजी सचिव सञ्जयसँग सोधिरहेका छन्–“ उनीहरूले के गरे?” यसरी गीताको पृष्ठभूमि तयार भयो।
अब आवश्यकता भनेको यसको तथा भाष्यका विषयमा संक्षिप्त टिप्पणी गर्ने। सामान्यतया थगवदू्गीताका अङ्ग्रेजी पाठकहरूले भगवान् श्रीकृष्णलाई बहाना बनाएर आ-आफ्ना अवधारणाहरू र दर्शनलाई एउटा पौराणिक कथाका रूपमा लिन्छन् र भगवान् श्रीकृष्णलाई कुनै अज्ञात प्रतिभाशाली व्यक्तिका विचारहरूलाई कवितात्मक रूपमा प्रस्तुत गर्नै एउटा निमित्त कारण मात्र मान्दछन्।
तिनले बढीमा भगवान् श्रीकृष्णलाई एउटा सामान्य ऐतिहासिक पुरुषका रूपमा प्रस्तुत गर्दछन् तर कृष्ण स्वयम् भगवद्गीताका विषयवस्तु र लक्ष्य दुवै हुनुहुन्छ। यो कुरा स्वयम् गीतामा स्पष्ट पारिएको छ। अत: यो र भाष्यको उद्देश्य पाठकलाई भगवान् श्रीकृष्णदेखि टाढा लैजानु नभएर भगवान् श्रीकृष्णतिर अग्रसर हुन प्रेरित गर्नु हो। यस दृष्टिबाट हेर्दा यो भगवद्गीता यथारूप ग्रन्थ अद्वितीय छ। यसरी पूर्णतया ग्राह्य र सुसङ्गत हुनु पनि यसको अर्को अनुपम गुण हो। भगवान् श्रीकृष्ण स्वयम् गीताका वक्ता हुनुहुन्छ र यस महान् शास्त्रलाई यथार्थ रूपमा प्रस्तुत गर्ने यो नै एकमात्र भएकाले यसको आवश्यकता परेको हो।
आज कृष्ण जन्माष्टमीको अवसरमा देशभरका भक्तालयमा भक्तजनको घुईँचो लागेको छ।