काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दिया जिल्लाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपालको स्वाधीनता, राष्ट्रिय स्वाभिमानमा हस्तक्षेप गर्ने अमेरिकी गतिविधिविरुद्ध आज विरोध कार्यक्रमको घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालय, बर्दियामा बुझाइएको विज्ञप्तिमा पार्टीले एमसीसीलाई देशविरोधी सम्झौता ठहर गर्दै नेपाल सरकार र अमेरिकी सरकारबीच भएको सहमतिको कडा विरोध जनाएको छ ।
साथै, अमेरिकाको साम्राज्यवादी हस्तक्षेप रोक्न सम्पूर्ण देशभक्त नेपाली जनतासँग एकजुट भई विरोधमा उभिन आग्रह गरिएको छ।
पार्टीले आज ३० गते बिहान ११ बजे प्रमुख चोकहरूमा नाराबाजी र प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ।
विज्ञप्तिमा एमसीसीको कार्यान्वयनबाट नेपालको प्राकृतिक स्रोतसाधनमाथि विदेशी नियन्त्रणको खतरा रहेको र यसले मुलुकको स्वतन्त्र नीति निर्धारण क्षमतामै आघात पुर्याउने उल्लेख गरिएको छ।
पार्टीका जिल्ला सेक्रेटरी टिकाराम सी र इन्चार्ज हिमशिखर सीले हस्ताक्षर गरेको विज्ञप्तामा अमेरिकी दबाबमा नेपाल सरकारको आत्मसमर्पणकारी नीतिको विरोध गर्दै यसलाई तत्काल खारेज गर्न माग गरिएको छ।
विरोध पत्रको पुर्णपाठ :
