सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा अवस्थित पर्यटकिय क्षेत्र मध्यकै चर्चित स्थल पाँचपोखरी कहलिन्छ। आगन्तुक पर्यटकको मोह र ढुवानीमा हुने शास्त्रीले पर्यटक फर्कदा जोश-जागँर नै हराएको जस्तो देखिन्छ, सायद बाटोको बिकराल अवस्थाले हो या अन्य कुनै पर्यटक नै जानुन।
केही समय अगाडि मात्रै बस दुर्घटना भएको खबर सर्बजनिक भयो। त्यसमा ७-८ जना घाईते पनि भए। बर्खा याममा हिमाली क्षेत्रका बाटो अवरुद्ध हुनु कुनै नौलो कुरा होइन।
बिहान करिब ९-१० बजेको आसपासमा वडा नं ६ मा अवस्थित गाइपाईलेमा सुक्खा पहिरो गएको कारण सडक अवरुद्ध भयो । ३ घण्टा पछि उक्त पहिरो पन्छाईएको जानकारी प्राप्त भयो।
पहिरो गएको स्थानको अवस्था बिग्रेको र दैनिक १ पटक सफा गर्ने गरि कार्य भईरहेको जानकारी एक कर्मचारीले दिए।
पाँचपोखरी जस्तो प्रख्यात र पर्यटकिय स्थल जाने मार्ग नै बिकराल हुनु भनेको गाउँपालिकाको कार्यशैलीमा प्रश्न उठ्नु हो।
बैकल्पिक बाटो नभएकाले ३ घण्टा सम्म अवरुद्ध भएको सडकखण्डमा कतै आपतकालिन दुवानी कुर्नुपर्ने अवस्था निम्तिए, त्यसको जिम्मेवार को हुने?