मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

काठमाडौं । सर्लाही जिल्लाको बागमती नगरपालिका मेयर भरत कुमार थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ ।

नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालत काठमाडौँले साउन २१ गते मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र अर्का कर्मचारी सागर पौडेल तीनै जनाले भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरको थियो ।

उक्त ताल निर्माणका क्रममा नदीजन्य पदार्थ उत्खनन गरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो । बिहीबार विशेषले तीनै जनालाई सजाय निर्धारण गरेको हो । जसअनुसार उनीहरूलाई ८ वर्ष कैद तोकिएको छ । साथै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार