सिभिल हस्पिटलको लापर्बाहीका कारण आमा र बच्चाको मृत्यु

काठमाडौं । काठमाडौंको बानेश्वर स्थित सिभिल हस्पिटलको लापर्बाहीका कारण आमा र बच्चाको मृत्यु भएको छ ।

दैलेख नारायण न. पा.२ घर भएका दिपक नेपालीकी श्रीमती लक्ष्मी नेपालीले गर्भवती भए देखि नै बारम्बार सिभिल हस्पिटलमा चेक जाँच गराउँदै आएकी थिइन  हस्पिटलको सल्लाह बमोजिम नै डेलिभरीको निर्धारित समय भन्दा  एक हप्ता अगाडि नै डेलिभरी गर्नु पर्ने सुझाव अनुसार सकुसल हिँडेर गएकी श्रीमती लक्ष्मी नेपालीको सिभिल हस्पिटलको लापर्बाहीका कारण आमा र बच्चाको मृत्यु भएको श्रीमान दिपक नेपालीले हस्पिटललाई आरोप लगाएका हुन ।

मृतकका श्रीमान पीडित: दिपक नेपालीले भने “डाक्टरले नै असारको १७ गते डेलिभरी हुने समय दिएको तर डाक्टरको सल्लाह अनुसार नै निर्धारित समय अगाडि असारको ९ गते नै आउनु भनेर बोलाइयो १० गते नर्मल डेलिभरी भइसके पछि अस्पतालको रिपोर्टका अनुसार ओभर ब्लिडिङका कारण लक्ष्मी नेपालीको मृत्यु भयो । आमाको मृत्यु भइसके पछि बच्चालाई भेन्टिलेसनमा राखियो । हस्पिटलको चरम लापरवाहीका कारण आमा र बच्चाको मृत्यु भयो ” ।

“आमाको मृत्यु असार १० गते नै भइसकेको र बच्चालाई कृतिम सास दिएर भेन्टिलेसनमा राखेर साउनको १० गते बच्चालाई मृत घोषणा गरिएको छ । आमा र बच्चालाई एकै साथ मृत घोषणा गर्दा हस्पिटलको विश्वास घट्ने मनसायले बच्चालाई भेन्टिलेसनमा रहेको नेपालीले बताएका छन।’

यस घटनामा जोजो संलग्न छन डाक्टर र स्टाफहरु उनलाई कारबाही होस भन्दा हस्पिटल प्रशासनले आनाकानी गरेको समेत बताए ।”

अहिले बच्चाको सब हस्पिटल मा नै छ तर उनी न्यायको लागि भौतारी रहेका छन ।

हस्पिटलले बच्चाको सब बुझ्नु भनेर दबाव दिएको र पुलिस प्रशासन डिएसपी र वार्ड अध्यक्ष समेतलाई फोन गर्न लगाएर दबाव दिएको नेपालीले भनेका छन । तर नेपालीले सब नबुझ्ने अडान लिएका छन ।
आमाको मृत्यु भए पश्चात हस्पिटल र मृतकको श्रीमान दिपक नेपाली बीच ४ बुदे सहमति भएको थियो :

१. मृतकको मृत्युको सम्बन्धमा अस्पतालले आन्तरिक छानवीन गरी एक हप्ता भित्र मृतकको परिवारलाई जानकारी गराउने ।

२. सबलाई मृतकको घर सम्म अस्पतालले पुर्याउने व्यवस्था गर्ने ।

३. औषधीमा लागेको बाँकी खर्च कटौती गर्ने ।

४. मृतकका पतिले अस्पताल बाट जन्मेको बच्चाको थप उपचार र निज मृतक आमाका अन्य २ छोराहरू समेत गरी ३ सन्तानलाई आवासीय विद्यालयमा कम्तीमा १२ कक्षा सम्म निःशुल्क पठन पठनको लागि अस्पताल समितिको बैठकमा लैजाने निर्णय गरेको ।

“साउन २५ गतेको अस्पताल र मृतक परिवारको बसाईमा यी माथि उल्लेखित १ नं बुँदामा हस्पिटलको कुनै कमजोरी नभएको र धेरै ब्लिडिङका कारण मृत्यु भएको चिकित्सकको कुनै गल्ति नभएको अस्पतालको दाबी छ ।
४ नं बुँदा लागु नै नभएको मृतकका श्रीमानले जनाएका छन ।
अस्पतालले कमजोरी नसुइकार्यको र निष्पक्ष छानबिनको लागि उनले माग गरेका छन ।”

अस्पतालले मृतक परिवारलाई बुझाएको रिपोर्ट यस्तो छ : 

रिपोर्टको पूर्ण पाठ :

 

अस्पतालसंग भएको सम्झौता यस्तो छ :

 

भिडियो लिंक :

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार