८० प्रतिशत युवाहरूले घरमै बसेर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरूले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एमाले काठमाडौं महानगरपालिका १५ वडा कमिटीद्वारा एसईई सम्मान बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको थियो।

शिक्षामन्त्री रघुजी पन्तले अहिलेका युवाहरूले घरमै बसेर विदेशका विभिन्न कम्पनिबाट काम लिई ल्याप्टपबाट काम गरि पठाउँदा नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए।

मन्त्री पन्तले थपे, ‘अहिले काठमाडौंमा ८० प्रतिशत युवाहरु जसले जागिर खाँदैनन् तरपनि उनिहरूले घर बसि बसि २ लाख भन्दा धेरै कमाउने गरेका छन्। त्यसको कारण भनेको विदेशका विभिन्न कम्पनिबाट काम लिएर ल्याप्टपबाट काम गरि पठाउने गरेका छन्। यस्तो जागिरबाट नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ। यसलाई विकास गर्न सक्यो भने ८ खर्ब सम्म ल्याउन सक्छौँ।’

हिजोको दिनमा जस्तो डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसैलाई सदुपयोग गर्न सक्यो भने पैसा कमाउन सकिने मन्त्री पन्तको भनाई छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार