आज कहाँ कहाँ पर्दैछ मुसलधारे पानी ?

काठमाडौं ।  आज दिउँसो देशभर साधारणतया बदली रहने छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ  ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति पनि कोशी, मधेश, बागमती र गण्डकीका एक/दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेका महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार