काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझसम्म प्रकाशित हुने भएको छ ।
शुक्रवार बसेको परीक्षा बोर्डको बैठकले आज साँझसम्म नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले जानकारी दिएका हुन ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।