काठमाडौं । स्कटल्यान्डमा आयोजना भएको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को चौथो त्रिकोणात्मक एकदिवसीय र त्रिकोणात्मक टी–२० शृंखलामा खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
आइतबार साँझ नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंह र क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए। स्वदेश फर्किएसँगै कप्तान रोहितकुमार पौडेलले भ्रमण सफल भएको बताए। उनले अब नोभेम्बरमा वेस्ट इन्डिजसँग हुने खेलको लागि तयारीमा जुट्ने बताए। स्कटल्यान्डको नतिजाले टोलीको मनोबलसमेत उच्च भएको उनको ठहर छ।