प्रेस स्वतन्त्रता माथि को हस्तक्षपमा ३५ सम्पादकको आपत्ती

काठमाडौं । प्रेसलाई तर्साउने पछिल्ला घटनाबारे सम्पादकहरूले सरकारको आपत्ति जनाएका छन ।

शनिबार विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोज्नु खेदजनक विषय भएको बताएका हुन।

पत्रकार दिलभूषण पाठकमाथि केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो । पाठकमाथि जारी पक्राउ पुर्जी पनि खारेज गर्न सम्पादकहरूको माग छ ।

‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै हामी दिलभूषण पाठक विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सँगै विद्युतीय कारोबार ऐनमा राखिएका गलत प्रावधान संशोधन गर्ने प्रक्रियामा लैजान पनि सम्पादकहरूले सरकार र संसद्को ध्यान आकर्षित गरेका छन् ।

सम्पादकहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सँगसँगै अभिव्यक्ति स्वतन्त्रता जस्तो मौलिक हकलाई खुम्च्याउने गरी विद्युतीय कारोबार ऐनमा राखिएका गलत प्रावधान संशोधन गर्ने प्रक्रियामा लैजान पनि सरकार र संसद्को ध्यान आकर्षित गर्न चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, नेपालखबर डटकम र बिजमान्डु डटकमसहितका अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचार हटाउन भन्दै अदालतबाट जारी भएको आदेशप्रति पनि आफूहरूको असहमति भएको सम्पादकहरूले बताएका छन् ।

‘बिना सुनुवाइ समाचार सामग्री हटाउन मात्रै होइन, समाचार प्रकाशन नगर्न नगराउन भनी आएको आदेशले प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने संवैधानिक हक समेत उल्लंघन हुन पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसतर्फ न्यायिक नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँछ ।

विज्ञाप्तीको पुर्णपाठ :

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार