अफलाइन बार्गेनिङ गर्ने २७८ जना राइडरलाई कारबाही

काठमाडौं । राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने २७८ जना राइडरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

सोमबार यातायात व्यवसायीहरूले आन्दोलन गरी सार्वजनिक यातायात नचलाएपछि राइड सेयरिङ एपहरूमा उपभोक्ताको चाप बढे संगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले राइडरहरूलाई जरिवाना गरी कारबाही गरेको हो।

चाप बढेसँगै राइडरहरूले यात्रुसँग बढी भाडा असुल्ने गरेका गुनासो आएका थिए ट्राफिक प्रहरीले राइडरहरूले बार्गेनिङ गरे सम्पर्क गर्न अनुरोध गरेको थियो।

त्यस अनुसार २७८ जना राइडरहरू कारबाहीमा परेको नेपाल प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार