गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ: शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा कोइरालाले गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बिषयमा गृह नगरमा सञ्चारकर्मीहरूसँग उनले लेखकले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘सबभन्दा इम्पोटेन्ट के छ भने अहिले रमेशजीको जुन आएको छ, किन भने गृहमन्त्रालय उहाँकै अन्डरमा छ नि त,’शेखरले भने, ‘उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, गर्नुस् तपाईंहरू भने भइहाल्यो ।’

अख्तियारले गत बुधबार गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सच-सहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयबाट ‘भिजिट भिसा’ भइरहेको भनिएको अनियमिततामा मुछिएको अवस्थामा राजीनामा दिए गृहमन्त्री लेखकको नैतिकता प्रदर्शन हुने उनको भनाइ थियो । ‘त्यसले मोरल स्टेटस देखिन्छ,’ नेता कोइरालाले भने ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार